दक्षिणकालीको ट्वाइलेटमा युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या !
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार १८:२०:२८
९ असार, काठमाडौं । सामाजिक सञ्जाल युट्युबमा भाइरस सन्तोषी सुब्बाको हत्या भएको पुष्टि भएको छ । उनी युट्युबमा विभिन्न पशुपंछीको आवाज निकालेर भाइरल बनेकी भएकी थिइन ।
प्रहरीले उनको शव बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको छ । प्रहरीका अनुसार दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको छ ।
मंगलवार मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ। प्रहरीका अनुसार कालोपुल बस्दै आएकी सन्तोषी सुब्बाको शव रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
प्रहरीका अनुसार सन्तोषीको टाउकोमा गह्रुंगो वस्तुले हिर्काएको देखिएको छ, अनुहार क्षतविक्षत भएको छ । प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमा ल्याएको थियो । प्रहरी र चिकित्सकले उनी गर्भवती भएको हुनसक्ने आशंका गरेको छ । यद्यपि, पोष्टमार्टमपछि रिर्पोट भने आउन बाँकी छ ।
घटनाका विषयमा मंगलवार हिजाे दिउँसो करिब ३ बजेतिर शव भेटिएपछि महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। ट्वाइलेटभित्र अर्धनग्न अवस्थामा उनको शव फेला परेको थियो।
सन्तोषी कालोपुलमा धर्म बुबा भनिने धर्मबहादुर तामाङसँग बस्दै आएकी खुलेको छ। प्रहरीले अहिले तामाङसँग आवश्यक सोधपुछ गरिरहेको छ। तामाङले बयानामा ३-४ दिनदेखि सम्पर्क नभएको बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार