धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट बन्न दुई महिना लाग्ने
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार १८:५८:३३
९ असार , बलेवा । धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट थप गर्न कम्तीमा दुई महिना समय लाग्ने भएको छ । द्रुत गतिमा काम थालिएको भए पनि प्लान्ट निर्माणका लागि निर्माण कम्पनीले दुई महिनाको समय मागेको हो ।
अर्थको स्वीकृतिमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले बजेटको सुनिश्चितता गरेपछि प्रक्रिया अघि बढेको थियो । झण्डै रु तीन करोडको लागतमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया शुरु भएको एक महिनामा नै निर्माण सम्पन्न गर्ने अस्पतालको लक्ष्य थियो । बजेट प्राप्त भइनसकेको र आर्थिक वर्षको अन्तमा योजना सम्झौता गर्नु परेका कारण निर्माण व्यवसायीले लामो समय माग गरेको अस्पताल प्रशासनले जनाएको छ ।
“असार ६ गते सम्झौता भएको छ, कम्तीमा ४० र बढीमा ६० दिन समय लाग्ने निर्माण कम्पनीले जानकारी गराएको छ”, अस्पतालका लेखा अधिकृत झलक आचार्यले भने, “विनियोजन समयमा आए यो वर्ष प्रारम्भिक कामको भुक्तानी मात्रै दिन सकिन्छ ।” उनका अनुसार स्वास्थ्य मन्त्रालयले बजेटको सुनिश्चितता गरेको भए पनि अहिलेसम्म निकासा पठाएको छैन ।
प्लान्ट निर्माणको जिम्मेवारी पाएको आरोग्य मेडिटेक प्रालिलाई पहिलो किस्ताको रकमसमेत दिन नसकिएको अस्पतालले जनाएको छ । रु दुई करोड ३२ लाखमा कम्पनीले प्लान्ट निर्माणको जिम्मेवारी पाएको हो । रु तीन करोड बजेटमध्ये बाँकी रकमले अक्सिजन प्लान्टका लागि आवश्यक पूर्वाधार निर्माणको काम गरिने छ ।
“पहिलो किस्ताको २० प्रतिशत रकम दिनुपर्ने व्यवस्था छ तर निकासा आएको छैन”, व्यवस्थापन समितिका सदस्य शालिग्राम शर्माले भने, “अर्को आर्थिक वर्षमा जाँदा बजेटको झमेला हुनसक्छ ।”
चालु आवमा नै प्लान्ट निर्माणको काम सम्पन्न नहुने भएपछि अस्पतालले आगामी आवका लागिसमेत बजेटको व्यवस्थापन गरिदिन मन्त्रालयलाई जानकारी गराएको छ । असार मसान्तभित्र विनियोजित बजेट पठाए पनि निर्माणको काम नसकिँदा अर्को वर्षमा दायित्व सर्ने छ । यस वर्षको बजेट फिर्ता जाने र अर्को वर्ष बजेट नभए प्लान्ट निर्माणमा समस्या हुने व्यवस्थापनको ठहर छ ।
अस्पतालमा यसअघि २० जनासम्मका लागि पुग्ने अक्सिजन प्लान्ट छ । यस पटक १५० जनालाई पुग्ने र १०० थान सिलिण्डर प्रतिदिन भर्न मिल्ने गरी प्लान्ट निर्माणको काम थालिएको हो । मन्त्रालयले भने दायित्व सिर्जना भएपछि भुक्तानी पठाउने भनेको छ । “अनुमति पाएकाले टेण्डर गरेर काम अघि बढेको छ, दायित्व सिर्जना भएको लेखी पठाएका छौँ”, आचार्य भन्छन्, “बजेटको समस्या नआए दुई महिनामा प्लान्ट तयार हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्रीद्वारा नेपाल संवत्को नयाँ वर्षको शुभकामना
कात्तिक १७, २०८१ शनिबार
सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास
कात्तिक १७, २०८१ शनिबार
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार