पहिरोले स्कुटर र मोटरसाइकल पुरिँदा सडक अवरुद्ध
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार १९:१२:४१
१० असार, काठमााडौं ।अविरल बर्षाले पहिरोले स्कुटर र मोटरसाइकल पुरिँदा सडक अवरुद्ध भएकाे छ । सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-९ अरनिको राजमार्गको जुरेमा बुधबार बेलुका अबिरल बर्षाको कारण आएको लेदोसहितको पहिरोले बा.८४ प ५४३० नम्बरको स्कुटर, बागमती प्रदेश ३-०२-प ६६०७ र बागमती प्रदेश ३-०१-प ८०७६ नम्बरका २ मोटरसाइकल बगाएको छ ।
पहिरोले मोटरसाइकल बगाई लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लामोसाँघुबाट खटिएको प्रहरीले दोलखा शैलुङ्गेश्वर नगरपालिका-३ बस्ने १९ वर्षीय रबिन्द्र शाक्यको प्रदेश नम्बर २-०१८-प ४८३३ नम्बरको मोटरसाइकल पूर्णरुपमा बिग्रिएको अवस्थामा पहिरो हटाइ निकालेको छ । लेदोका कारण बाटो अवरोध भएको छ ।
जुम्ला, तिला गाउँपालिका-१ लाम्पातास्थित सडकमा बिहीबार बिहान पहिरो आउँदा कर्णाली राजमार्ग पूर्णरुपमा अवरोध भएको छ । पहिरोका कारण अवरोध भएको सडक खुलाउन नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक पहल गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
जाडोमा किन बढ्छ हृदयघातको जोखिम ?
मंसिर १३, २०८१ बिहिबार
एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं उपत्यका संसारकै तेस्रो प्रदूषित शहर [ फोटो फिचर ]
मंसिर १३, २०८१ बिहिबार
चट्टाने पहाडको कापमाथिबाट झरेको फुङफुङे झरना
मंसिर १३, २०८१ बिहिबार