दोधारा चाँदनी नगरपालिकाको ६२ करोड बजेट विनियोजन
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार २०:११:३५
१० असार, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको सातौँ नगरसभाले आर्थिक वर्ष २०७८–७९ का लागि रु ६२ करोड १५ लाख १३ हजारका बजेट विनियोजन गरेको छ ।
पर्यटन प्रवद्र्धन, भौतिक पूर्वाधार निर्माण, आधुनिक कृषि, व्यवसायिक पशुपालन, गरिवी निवारण, नदी नियन्त्रण र आयआर्जनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खेलकूद लगायतलाई बजेटमा स्थान दिइएको छ ।
नगरसभामा नीति तथा बजेट कार्यक्रम प्रस्तुत गर्नु हुँदै नगर उपप्रमुख चिनी गिरीले आयतर्फ वित्तीय समानीकरणमा रु १३ करोड ४० लाख, शसर्त अनुदानमा रु १८ करोड ४२ लाख, राजश्व बाँडफाँडमा रु आठ करोड २४ लाख, समपुरक अनुदानमा रु २३ लाख, प्रदेश राजश्व बाँडफाँटबाट रु १९ लाख, प्रदेशबाट वित्तीय समानीकरणमा रु ९७ लाख रहेको बताए ।
प्रदेशबाट विशेष अनुदानमा रु ५३ लाख, प्रदेशबाट समपुरक अनुदानमा रु एक करोड १७ लाख ५४ हजार, आन्तरिक आम्दानीबाट रु तीन करोड १४ लाख २२ हजार, सडक बोर्डबाट रु ३५ लाख, गत वर्षको मौज्दातबाट रु तीन करोड ५० लाख र सामाजिक सुरक्षातर्फ रु १२ करोड गरी जम्मा रु ६२ करोड १५ लाख १३ हजार आम्दानी हुने अनुमान गरिएको छ । व्ययतर्फ चालू खर्च रु २४ करोड ३४ लाख ६५ हजार र पुँजीगत खर्च रु ३७ करोड ८० लाख ४८ हजार रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार
वीरगन्जमा मालबाहक ट्रकबाट १६० केजी गाँजासहित दुई जना पक्राउ
पुष १५, २०८१ सोमबार
माधव नेपालसँग बामदेव गौतमले मागे कार्यकारी भूमिका, झलनाथपछिको वरियता
पुष १५, २०८१ सोमबार
पर्साको जिराभवानी गाउँपालिकामा सेवा प्रवाह र सुशासन विषयक अन्तरक्रिया सम्पन्न
पुष १५, २०८१ सोमबार
बुद्धि तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ को घोषणा
पुष १५, २०८१ सोमबार
दूधमती नदीको संरक्षण र सौन्दर्यकरणका लागि सीमाङ्कन सुरू
पुष १५, २०८१ सोमबार