सिम्रिक साकोस बिर्तामोडद्धारा सदस्यको उपचार खर्च उपलब्धसहित कर्जा मिनाहा
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार २०:१८:५६
१० असार, दमक । सहकारीको एउटै मात्र फरक कार्य हो कि उसले आफ्ना सदस्यहरुको दुःखसुखमा सधैं साथ र सहयोग उपलब्ध गराउँदछ । संस्थाका सम्पूर्ण शेयर सदस्यहरुलाई आफ्नै परिवारको सदस्य ठान्ने सहकारीको यही असल कार्यले गर्दा आज मुलुकभरी लाखौ नेपाली नागरिकहरु सहकारीमा आबद्ध भएका छन् ।
आफुसँग भएको थोरै थोरै रकमलाई बचत गराउँदै बचत गर्ने बानीको बिकास गराउन सफल सहकारी संस्थाहरुले आप्mना परिवारका सदस्यहरुलाई साह्रै अप्ठ्यारो पर्दा या स्वरोजगार बनाई आत्मनिर्भर बनाउन सानो सानो रकम ऋण उपलब्ध गराउदै आईरहेका पनि छन् ।
यसैगरी सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको व्यवसायिक प्रगतिमा साथ दिदै हौसला प्रदान गर्नुका साथै संसारिक नियमका कारण असामयिक निधन हुँदा उक्त सदस्यले लिएको कर्जा तथा तिर्नु पर्ने सम्पूर्ण रकम ऋण मिनाहा समेत गरिदिदै आईरहेको पनि छ ।
यसै सिलसिलामा सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड झापाले पनि आफ्ना शेयर सदस्यहरुको बचत रकम संकलन र कर्जा लगानीमार्फत आफ्ना गतिविधिहरु अगाडि बढाईरहेको छ । यसै सिलसिलामा बिगतमा झै यसपटक पनि आफ्ना शेयर सदस्यको असामायिक निधनमा गहिरो समवेदनासहित निजले लिएको कर्जाको सम्पूर्ण साँवा तथा ब्याज मिनाहा गरिदिएको संस्थाका कर्जा बिभाग प्रमूख कृष्णप्रसाद कडरियाले नेपालबहस डटकमलाई बताए ।
परिवारमा दुःख पर्दा कर्जाको थप भारवहन गर्नु नपरोस भनेर आप्mना शेयर सदस्यको देहावशान हुँदा निजले लिएको सम्पूर्ण कर्जा मिनाहा गर्दै आईरहेको संस्थाका कार्यकारी प्रमूख कमलबहादुर बस्नेतले बताएका छन । हामी सदस्यको परिवारमा परेको दुःख माथि थप दुःख दिन चाहँदैनौं भन्दै प्रमूख बस्नेतले हाम्रो चाहना सदस्यको खुशी र नियमित कारोबार गर्ने गराउनेतर्फ मात्र उद्यत रहेको बताएका छन ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. सेवा केन्द्र विर्तामोडकी कर्मचारी पुजन खड्काकी ममतामयी माता तथा यस संस्थाकी शेयर सदस्य रेनुका खड्काको २०७८ असार ०२ गते बुधबारका दिन ५३ बर्षको उमेरमा भएको असामयिक निधनप्रति सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै गहिरो दुःख व्यक्त गर्दै संस्थाको तर्फबाट स्व. आमाको उपचारमा लागेको खर्चको केही प्रतिशत परिवारलाई राहत स्वरुप रु.१,४५,०००।– प्रदान गरिएको र स्व. आमाले संस्थाबाट लिनुभएको ऋण रु. ३,२४,६१२।– रुपैया मिनाहा गरिएको पत्र परिवारका सदस्यलाई बुझाईएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार
हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने
बैशाख २३, २०८१ आइतबार
मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
बागमतीले दिएको सार्वजनिक बिदाले उपत्यकामा अन्योल
बैशाख २४, २०८१ सोमबार
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
खडेरीले सुक्न थाल्यो मकै, वर्षा गराउन किसानले गरे भ्यागुताको विहे
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार