पुनर्निमाणको काम बाँकी, इञ्जिनियर निकाल्ने सरकारी तयारी
नेपालबहस संवाददाता
असार ११, २०७८ शुक्रबार २१:१९:१३
११ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत करार सेवामा कार्यरत प्राविधिक इञ्जिनियरहरुलाई हचुवाको तालमा सरकारले हटाउने तयारी गरेको विरोधमा आन्दोलन चर्किएको छ । आज माइतीघरमा भेला भएका सयौं इञ्जिनियर प्रहरी हिरासतमा पुगेका छन् ।
देशका ३२ जिल्लामा कार्यरत यी प्राविधिक कर्मचारीलाई कोरोनाको भयावह अवस्थामा बेरोजगार बनाउने नियत सरकारको देखिएको भन्दै आजैका मितिबाट सामुहिक राजीनामा समेत बुझाएका छन् ।
आज लगभग एक सय इञ्जिनियर पक्राउ गरिएको छ । निषेधाज्ञाको अवस्थामा समेत रोजगारी गुमाउनुपर्ने अवस्था आएकाले वाध्य भएर आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् ।
२०७२ सालमा गएको भूकम्पबाट भएको क्षतिग्रस्त भवन पुनर्निमार्णका लागि स्थापित राष्ट्रिय पुनर्निर्माण आयोजना यही असार मशान्तबाट पूरा हँुदै छ । तर अधिकांश जिल्लामा काम पूरा भएको छैन । धेरै लाभग्राहीले घर निर्माण गरिरहेका छन् । कोरोना कहरले धेरै काम प्रभावित भएको छ ।
यसैबीच हिजो नै राष्ट्रिय निर्देशक समितिको बैठक बसी आयोजनाको काम बाँकी रहेकाले चार महिना थप्ने निर्णय गरेको छ । यसरी थपिएपनि कर्मचारी भने सबै नराख्ने सहमति भएको छ । कर्मचारी राख्दा एउटा क्राइटेरिया बनाइने भनिएको छ ।
तर पहुँचवालाले मात्रै आफ्ना मान्छेको करारलाई निरन्तरता दिने त्राश देखिएको छ । त्यसका विरुद्ध नै आन्दोलन गरिएको बताएको छ । आन्दोलनकारीले भोलि फेरि सिंहदरबार घेर्ने कार्यक्रम बनाएका छन् ।
र याे पनि…..
पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने
पुनःनिर्माणमा खटिएका इञ्जिनीयरले दोस्रो चरणको आन्दोलन गर्ने
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार