रेडियो मेलम्ची पुनः सञ्चालनका लागि सहयोग
नेपालबहस संवाददाता
असार ११, २०७८ शनिबार २:११:४२
११ असार, सिन्धुपाल्चोक । संरचना बस्ती सुधार समिति, तारकेश्वर नगरपालिका–६, काठमाडौंले रेडियो मेलम्ची पुनः सञ्चालनका लागि शुक्रबार रु। एक लाख १ हजार १ सय ११ सहयोग गरेको छ ।
यसैगरी नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले रु ५० हजार सहयोग हस्तान्तरण गरेको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो ।
नगरप्रमुख अर्यालले नगरपालिकाका बाढी प्रभावितका लागि हालसम्म गरिएको कामबारे जानकारी दिए । महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले संकटका बेला पनि सूचना प्रवाह गरिरहेको रेडियो मेलम्चीलाई पुनः स्थापना गर्न महासंघले सहयोग गर्ने वचन दिए ।
तारकेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष मधु कार्कीले रेडियोलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । संरचना वस्ती सुधार समितिका सल्लाहकार पदमबहादुर खड्काले जिल्लामा रहेर निरन्तर सञ्चार कर्ममा लागिरहेको रेडियो मेलम्चीलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने बताए ।
रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले रेडियोले हालसम्म व्यहोरेका संकट उल्लेख गर्दै रेडियो बाढीले पूर्णतः क्षति भएकाले पुनः स्थापनाका लागि सबैमा सहयोगका लागि आह्वान गरे ।
महासंघका जिल्ला अध्यक्ष जीवन श्रेष्ठले बाढी प्रभावित महासंघका सदस्य तथा पूर्वअध्यक्ष महेश श्रेष्ठलाई राहतस्वरुप रु ५० हजार सहयोग हस्तान्तरण गरे। अर्का सदस्य जगन्नाथ दुलाललाई पनि सहयोग गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
खगोलविद्हरूले पत्ता लगाए ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार