नगरपालिकाको बजेट दलगत स्वार्थले अभिप्रेरित र निर्वाचनमुखी: नेता रिजाल
नेपालबहस संवाददाता
असार १३, २०७८ आइतबार १५:५३:१६
१३ असार, दमक । नेपाली काग्रेसका युवा नेता पर्शुराम रिजालले दमक नगरपालिकाको बजेटले नगरबासीको समस्या पहिचान र सम्बोधन गर्न नसकेको बताएका छन् ।
दमक नगर पालिकाले नवौं नगरसभा सम्पन्न गरेको छ । कोरोना महामारीको यस्तो बिषम परिस्थितिमा पनि दमक नगरपालिकाले आफ्नो बार्षिक बजेर रु १ अर्ब ३८ करोड ४५ लाख ९९ हजार नगरसभाबाट पारित गरेको छ । तर सो बजेटले नगरबासीको समस्या पहिचान र सम्बोधन नहुने नेता रिजालले टिप्पणी गरेका हुन् ।
नेपालको संबिधानले तोकिदिएको समय सीमा भित्रै बजेट सहित नीति तथा कार्यक्रम ल्याएर दमक नगर पालिकाले प्रशंसनीय कार्य गरेको दमकका अगुवा नेतृत्वहरुले समेत बिश्लेषण गरेका छन् ।
देशको प्रधानमन्त्रीको गृह नगर समेत रहेको दमक नगरपालिकाको नीति तथा कार्यक्रम र बार्षिक बजेटको तथ्यांकगत आँकडा हेर्दा दलगत स्वार्थले अभिप्रेरित भए जस्तो र निर्वाचनमुखी जस्तो मात्रै देखिएको र यसले यथार्थमा नगरबासीको चौतर्फि बिकास गर्न बताइएको छ ।
दमक नगर पालिकाको बजेट र नीति तथा कार्यक्रम कर्मकाण्डी, भत्तामुखी कार्यकर्ता पोस्ने खालको र ठेक्कापट्टामा अल्मलिएको जस्तो देखिएको दमक कांग्रेसका युवा नेता रिजालले बताएका छन् । कोरोना महामारीले थलिएका नगरबासीका लागि नगर पालिकाको पहिलो जिम्मेबारी सबै नगरबासिलाई खोप लगाउने तर्फ ध्यान केन्द्रित हुन पर्ने रिजालको माग छ ।
युवा नेता रिजाल भन्छन् दमक नगर पालिकाको २०७८/७९ को बार्षिक बजेटले कोरोना महामारीबाट शिथिल बनाएको दमकको मजदुर बर्ग, श्रमजिवी बर्ग, किसान र ब्यापारी बर्गको हितमा देखिएन । नत यसले घरेलु तथा साना ब्यवसायी, शिक्षक, बिद्यार्थी, होटेल तथा रेष्टुरेन्टहरुमा आबद्ध भई आप्mनो जीवन गुजारा चलाई रहेका बर्गको नै हितमा काम गर्ने देखिन्छ ।
समयमै बजेट ल्याउनै पर्ने बाध्यतालाई पुरा गरेजस्तो गरेर ल्याईएको दमक नगर पालिकको बजेटले समग्र दमकको उननती र प्रगति समेटन नसकेको नेता रिजालको बुझाई रहेको छ ।
नेता रिजाल अगाडि भन्छन् यो नीति तथा कार्यक्रमले वडा स्तरमा र नगर स्तरमा समस्या पहिचान र सूचिकृत समस्याको सम्बोधन गर्नै सक्दैन । यो बजेट त कुनै दलले आप्mनो कार्यालयमा बसेर पार्टीको नगर सभामा पार्टीको नीति तथा कार्यक्रम र पार्टीको बार्षिक बजेट बाचन गरेझै आभास भएको छ । यसले दमक नगर पालिकामा चरम राजनैतिक घुसपैठ भएको र राजनैतिक गन्ध आएको आफुले अनुभूति गरेको बताएका हुन ।
दमक कांग्रेसका उदियमान युवा नेता तथा पूर्व नगर बिकास कोषका अध्यक्ष समेत रहिसकेका रिजालले बजेटले नगरको स्वास्थ्यमा निर्णायक फडको आँट गर्नु पर्ने, किसानको उत्पादीत सामानको उचित बजारिकरण गर्नुपर्ने, लागत उठन नसकेर समस्यामा परिरहेका किसानहरुका लागि राहत प्याकेजको घोषणा गर्नुपर्ने, किसानका लागि आवश्यक पर्ने मल तथा बिउ बिजनको अभावको बिषयमा गर्नुपर्ने सहयोगका बारेमा, बर्षायाममा हुने भूक्षय र नगर पालिका भित्र देखिन ढल निकास र समस्याका बिषयमा बजेटले छुन नसकेको बताएका छन् ।
कांग्रेस नेता रिजालले आक्रोश ब्यक्त गर्दै अगाडि भनेका छन् यतिसम्मकी बिगत बर्ष र हाल भईरहेको कोरोना महामारीको समयमा नगर पालिकाले गरेको आम्दानी र खर्चको आर्थिक हिसाब किताब समेत पारदर्शी नहुनु नगरबासीकै लागि लज्जाबोधको बिषय बनेको छ । नेता रिजाल प्रश्न गर्छन् कोरोना महामारीको समयमा नगर पालिकाबाट भएको खर्चको बिवरण सार्वजनिक नभएको भनेर परिषद बैठकमै कुरा उठनु तर उत्तर नआउनु आफैमा लाजमर्दो अवस्था भएको प्रश्न चिन्ह खडा भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने
बैशाख २३, २०८१ आइतबार
मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर
बैशाख २३, २०८१ आइतबार
बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
बैशाख २०, २०८१ बिहिबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
बैशाख २४, २०८१ सोमबार
आज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार
लखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार
उच्च शिक्षा ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बैशाख २४, २०८१ सोमबार