गाडिएको अवस्थामा २५ दिनपछि फेला प¥यो सुजिताको अवशेष, २ जना पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०७८ सोमबार २:५५:२६
१३ असार, महोत्तरी । महोत्तरीमा खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको छ । जिल्लाको लोहारपट्टी नगरपालिका ९७ मा खाल्डोमा भेटिएको शव स्थानीय सुजिता ठाकुरको भएको प्रहरीले अनुमान गरेको छ ।
२६ बर्षकी सुजिता गत जेठ २० गतेदेखि वेपत्ता थिइन् । शव सुजिताको घरदेखि करिब डेढ किलोमिटर टाढा खेतमा गाडिएको अवस्थामा फेला परेको हो। सुजिताको शव खेतमा गाडेको सूचना आएपछि प्रहरी बोलाएर उत्खनन गरिएको थियो ।
प्रहरीका अनुसार खाल्डोभित्र तन्नामा बेरिएको अवस्थामा केही वस्तु भेटिएको र उक्त वस्तु शव हो वा होइन भन्ने पनि नखुलेको प्रहरीले जनाएको छ । उक्त शव फरेन्सिक परीक्षणका लागि पठाएको तयारी छ ।
प्रहरीले सुजिताका पति मुकेश र देवर रुपेशलाई पक्राउ परेको छ । उनको माइती पक्षले सुजिताको हत्या भएको भन्दै ससुरा पतिराम ठाकुर, देवर रूपेश ठाकुर र देउरानी रोमी ठाकुरविरुद्ध किटानी जाहेरी दिन जाँदा प्रहरीले नलिएको बताएको छ ।
राष्ट्रिय समाचार समिति ‘रासस’सहित अन्य मिडियामा महिला हराएको र हत्याको आशङ्का गरिएको समाचार व्यापकरूपमा आएको तथा मृतकका माईती पक्षले मानवअधिकार आयोग, महिला आयोग, मधेशी आयोगलगायत स्थानहरूबाट शव उत्खनन् गर्न दबाब दिएपछि प्रहरीले आज उक्त स्थानमा उत्खनन् गर्दा खाल्डोमा मृतकको कपाल, प्लाष्टिकको डोरी, रगत, केमिकल र नुन मिसिएको माटो, तन्ना, महिलाले लगाएको लुगा फेला परेको छ । घटनाको २५ दिन बित्तिसक्दा उनको शरीरको मासु गलिसकेको र केही अवशेषहरू मात्रै फेला परेका हो ।
जिल्लाकै पिपरा गाउँपालिका–६ रतौली माईती रहेको सुजिताकी आमा सुनिता पाण्डेय, बुवा कामेश्वर पाण्डे, दाजु जितेन्द्र पाण्डे, भाइ शिवम पाण्डेले ससुराली पक्षले सुजिताको हत्या गरी मनरहिया वनमा गाडेकाले उत्खनन र जाँच गरिदिन प्रहरी चौकी भ्रमरपुरा, ईलाका प्रहरी कार्यालय पिपरा र जिल्ला प्रहरी कार्यालयमा दुई साता बढीदेखि धाइरहे पनि प्रहरीले उनीहरूको कुरा नसुनेको बुबा कामेश्वरले आरोप लगाए ।
उनले प्रहरीहरूलाई आफूहरू छोरीको हत्या भएको भन्न जाँदा प्रहरीहरूले तिम्रो छोरीको अरुसँग नराम्रो सम्बन्ध रहेको र अरुसँग भागेको जस्ता अश्लिल शब्द प्रयोग गरी गाली गर्दै सहयोग नगरेको समेत आरोप लगाए । सामाजिक अभियन्ता सरोज रायको पहलमा दुई दिनदेखि जिल्ला प्रहरी, प्रदेश प्रहरी, प्रदेश नं २ को आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव र मधेशी आयोगको एक्सनमा आज सुजिताको शव उत्खनन हुन सकेको उनकी आमा सुनिताले बताए ।
यसअघि मृतक सुजिताका देवर रुपेशले उनका दाजु जितेन्द्र पाण्डेलाई आफूहरूले सुजितालाई मारेको स्वीकार गरेको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल भएको तर प्रहरीले उक्त भिडियोलाई प्रमाण मानेको थिएन र घटनाबारे अनुसन्धान भइरहको तथा सुजिताको खोजी भइरहेको बताएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार