इन्टरनेट प्रदायकबाट सेवाग्राही ठगिए, सुबिसु सेवाको नाममा ब्रम्हलुट
नेपालबहस संवाददाता
असार १४, २०७८ सोमबार १८:१८:३९
१४ असार, पर्सा । अहिलेको युग इन्टरनेटको युग हो । इन्टरनेट र साइबर क्राइमका कारण आम नागरिकले सास्ती पाएका छन् । पछिल्लो समय इन्टरनेटको दुरुपयोगलाई प्रहरीले कानुनी कठघरामा ल्याउन थालेको छ । तर इन्टरनेट सेवा दिने संस्थाको दुरुपयोगका बारेमा कस्ले कारवाही गर्ने अन्योल छ । इन्टरनेट सेवाका नाममा आम नागरिकको चासोलाई संबोधन गर्दै बीरगंज संजाल टीमले बिभिन्न संचारमाध्यमको सहयोगमा समाचार जुटाएको छ ।
पर्साको बिन्दावासिनी गाउँपालिका निवासी सुधीर पण्डितले जेष्ठ ९ गते आफ्नो घरमा सुबिसुको ईन्टरनेट जडान गराए । ईन्टरनेट जडान गरेको १० दिन नबित्दै काम गरेन । ईन्टरनेटले काम गर्न छाडेपछि उनले ईन्टरनेट जडान गर्ने सुबिसुकै कर्मचारी बिकास भन्ने कर्मचारीलाई फोन गरे बिकासले भने भोलि आएर हेरि दिन्छु । पण्डितले भोलिपल्ट फेरि बिकासलाई नै फोन गरे।
प्रतिक्रिया हिजोको जस्तै आयो ‘भोली । यो भोलि भन्ने शब्द बिकासबाट लगातार ६ दिनसम्म प्रयोग भयो । त्यसपछि सातौ दिन फोन गर्दा यो त मेरो काम नै होइन भनेर प्रतिकृया आयो । फेरि पण्डितले सोधे कसरी ? अनि कर्मचारी बिकासले भने तपाईको पोखरिया आउट्लेटमा पर्छ म त बीरगंज आउटलेटमा काम गर्छु । त्यसैले पोखरिया आउट्लेट्मा कल गर्नुस् । पहिला लगातार ६ दिनसम्म भोलि आउछु भने अनि सातौ दिन यो त मेरो काम होइन । त्यसपछि पण्डितले पोखरिया आउटलेटलाई पनि ४ दिनसम्म सयौ चोटि फोन गरे । ४ दिनपछि पोखरिया आउट्लेट्ले आफ्नो एउटा कर्मचारी पठायो ।
कर्मचारीले आएर जाच गर्दा मेसिन ल्याउनु पर्छ भनेर भने अनि गए । ईन्टरनेट नचलेको ३ हप्ता भन्दा बढी भइसक्यो । पण्डितले सुबिसुको हेड अफिस र पोखरिया आउट्लेटलाई हजारौ चोटी फोन गरे तर कल फरवार्ड र भोलि भन्नू बाहेक सुबिसुले केही पनि गर्न जानेको छैन् । सुबिसुको अधिकांश ग्राहकहरुको यी र यस्तै गुनासोहरु छन् । त्यसैले यसको बिरोधमा एकजुट भइ आवाज उठाउन जरुरी देखिन्छ भनेर सुबिसु प्रयोगकर्ताहरुलाई पीडित सुधीर पण्डितले गुनासो र प्रतिक्रिया दिएका छन् ।
यी माथिका केही उदाहरण मात्रै हुन् । वास्तविकता त्योभन्दा अझ जटिल छ । २०५९ साउनबाट सुरु भएको सुबिसुले त्यसको दुई वर्षपछि सुबिसु केवल नेट सेवाको सुरुवात गरयो तर सुविधा र सेवा पुरयाउन सकेन । हाल सुबिसुका लगभग ५० हजार ग्राहक छन् तर सन्तुष्ट ग्राहक भेट्न मुस्किल पर्दछ । सुबिसुको सपोर्ट सेन्टरमा आउने हजारौँ कम्प्लेन र सामाजिक सञ्जालमा प्रकट गरिएको असन्तुष्टि यसको उदाहरण हो । तपाईंले फेसबुक पेजको ‘सर्च अप्सन’मा गएर सुबिसु ‘सर्च’ गर्नुभयो भने आउने हजारौँ प्रतिक्रियामा सुबिसुलाई गाली नगरिएको र राम्रो भनेको एउटा पनि प्रतिक्रिया भेटाउनुहुन्न ।
यसरी हुन्छ ठगी
सामान्यतया इन्टरनेट सेवाप्रदायकले विभिन्न योजना, सिस्टम र आकारअनुसार इन्टरनेट प्रदान गर्दछन् । इन्टरनेटको गति, त्यसको आकार अनुसार भिन्दाभिन्दै अफर र लागत हुन्छ । कुनै उपभोक्ताले एक एमबीको डेडिकेटेट अनलिमिटेड सेवा खरिद गर्दछ भने उपभोक्ताले उक्त समयमा एक एमबी गतिकै नेट विना रोकतोक प्राप्त गर्नुपर्दछ तर वास्तविकतामा एक एमबीको ‘स्पिड’ भने पनि उपभोक्ताले उक्त ‘स्पिड’ पाउँदैनन् । जुन सरासर ठगी हो । ‘डेडिकेटेट’ भन्नाले जति इन्टरनेट सेवा प्रदायकसँग खरिद गरिएको ‘स्पिड’ छ त्यति नै ‘स्पिड’को इन्टरनेट उपभोक्ताको ‘मोडेम’मा प्राप्त हुनु हो ।
एक एमबी स्पिडको डेडिकेटेड इन्टरनेट भनिएको सेवा तपाईंले खरिद गर्नुभएको छ । तर पाँच सय केबीको सर्भिस पाउनुहुन्छ भने त्यो सरासर ठगी हो। तपाईंहरुको सेवा सुविधाको त धेरै कम्प्लेन आउँछ नि, अनि समस्या पनि दिनकै दोहोरिन्छ भन्दा टेक्निकल कुरामा समस्या आउनु नर्मल कुरा हो, सपोर्ट त हामी गर्दै छौँ नि भनियो । सामान्य भाषामा बुझ्नुपर्दा भनेजति सेवा र सुविधा प्रदान नगर्ने वा गर्न नसक्ने, तर त्यही सेवा र सुविधाको नाममा सम्पूर्ण पैसा लिने भनेको ठगी गर्नु हो । नाम नराख्ने शर्तमा सुबिसु सपोर्टका एक स्टाफले भने के गर्नु हजुर गाह्रो छ । कम्प्लेन टिपेर भ्याइन्न, एउटै कम्प्लेन दोहोरिएर कति गाली खाइन्छ । सिस्टममा नै समस्या छ, हामीले चाहेर के गर्ने ?
समस्या सबैमा
नेपालमा ईन्टरनेट सेवा दिने अधिकांश सेवा प्रदायक खरिद गरे जतिनै ईन्टरनेट उपलब्ध गराउँदैनन् वा गराउन सक्दैनन् । सेवा र सुविधाको नाममा पैसा लिने तर, पैसा अनुसारको सेवा नदिने कम्पनीको बदमासी हो । सबै उपभोक्ता आफुले खरिद गरे अनुसारको सेवा प्राप्त भएको छ कि छैन भनेर जाँच्न नसक्ने साथै थाहा भएपनि कसलाई के भन्ने जानकारी नपाएकाले पनि उपभोत्ता ठगिएका छन् ।
समस्या टिपाएको हप्तौंसम्म नेट विहीन
च्याउसरी खोलिएका इन्टरनेट सेवाहरुले आकर्षक विज्ञापन गरेर आफ्नो कम्पनीको इन्टरनेट जोड्न मरिहत्ते गर्ने गरेका छन् । यो मामिलामा सुविसु पनि अग्रपंक्तिमै रहेको छ । आफूलाई अब्बल दर्जाको दावी गर्ने सुविसुले यतिबेला थुप्रै उपभोक्तालाई राम्रो सेवा दिन नसकेर हत्तुहैरान भएको समाचार प्राप्त भएको छ । सामान्यतया इन्टरनेट सेवा प्रदायकले विभिन्न योजना, सिष्टम र आकार अनुसार इन्टरनेट प्रदान गर्दछन् । इन्टरनेटको गति, त्यसको आकार अनुसार भिन्नाभिन्नै अफर र लागत हुन्छ ।
कुनै उपभोक्ताले एक एम.वी.को डेडिकेटेड अनलिमिटड सेवा खरिद गर्दछ भने उपभोक्ताले उक्त समयमा एक एम वी गतिकै नेट विना रोकावट प्राप्त गर्नु कुनै उपभोक्ताको अधिकार हो । तर वास्तविकतामा एक एम वी.को ‘स्पिड’ भनेपनि उपभोक्ताले उक्त ‘स्पिड’ पाउँदैनन् । जुन सरासर ठगी हो ।
यो कार्यमा सुविसु पहिलो पंक्तिमा देखिएको छ । तपाईहरुको सेवा सुविधा अपुग भएको बारेमा धेरै समस्या आउँछ नि रु भन्ने प्रश्नमा कम्पनीको जवाफ छ– टेक्निकल कुरा हो, त्यसैले समस्या आउनु नर्मल कुरा हो, सपोर्ट त हामी गर्दै छौं नि भन्ने गरिन्छ । तर,व्यवहारमा माखो मार्ने काम हुँदैन ।
बल्डलिंकमा पनि समस्या
इन्टरनेटका नाममा लुट मच्चाइरहेको बल्डलिंकको कथा पनि भनि साध्य छैन् । सेवाका नाममा आम नागरिकबाट खुलेआम लुट मच्चाउँदा यी संस्थाको दुरुपयोग रोक्ने को हो स्वयम् प्रहरी नै अनभिज्ञ छ । इन्टरनेट सेवामा सेवाग्राहीलाई सास्ती दिएको भायनेटले भ्याट समेत छलि गरेको बुझिएको छ ।
कतिपय समयमा दुई दिन तिन दिन सम्म पनि नेट सेवा समस्या आए पनि सो दिनको समेत शुल्क असुल्दै आएको भायनेटका सेवाग्राही चिन्तामा परेका छन् । यसरी आम नागरिकलाई सास्ती दिनेमा सुबिसु, बल्डलिंक लगायत रहेका छन् । भायनेटका थप कर्तुतका बारेमा वीरगंज संजालको खोजी जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार