हेटौँडा अस्पतालमा निःशुल्क डाइलाइसिस सेवा शुरु
नेपालबहस संवाददाता
असार १४, २०७८ सोमबार २३:१७:१४
१४ असार, मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको व्यवस्थापनमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा मिर्गौला रोगका बिरामीका लागि डाइलाइसिस केन्द्रको आज शुभारम्भ गरिएको छ ।
हेटौँडास्थित युनिलिभर प्रालिले दुई र हेटौँडा शिवम् सिमेन्टले एक डाइलाइसिस मेशिन अस्पताल व्यवस्थापनलाई निःशुल्क उपलब्ध गराएको थियो । उपमहानगरपालिकाले आफ्नै खर्चमा दुई खरीद गरी ल्याएका समेत पाँच मेशिन जडान गरी मिर्गौला पीडितलाई डाइलाइसिस गर्ने क्रममा आज तीन बिरामीलाई पहिलो पटक डाइलाइसिस गरिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए।
नगरप्रमुख महतले अस्पतालमा कोभिड संक्रमणलगायत मिर्गौला रोगबाट पीडित बिरामीलाई तत्काल गुणस्तरीय उपचार सेवा पुर्याउन उपमहानगरपालिकाले थप बजेट विनियोजन गर्दै लैजाने नीति बनाएको जानकारी दिए ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीले मुलुकमा प्रत्येक वर्ष मिर्गौला रोगबाट करीब तीन हजार व्यक्तिलाई सङ्क्रमण हुने गरेकाले दुर्गम भेगका सर्वसाधारणलाई पनि अब आफ्नो स्वास्थ्यको नियमित जाँचका लागि स्वास्थ्य संस्थामा जानुपर्ने जनचेतना जागृत गर्न स्थानीय निकायलाई प्रभावकारी ढङ्गबाट परिचालन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नीति रहेको बताए ।
उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालमा केही महिनाभित्रै मुटु रोग, क्यान्सर र बालबालिकाका लागि उपचार सेवा तथा शल्य चिकित्सक सेवालाई गुणस्तरीय बनाउनेतर्फ प्रतिष्ठानले सङ्घीय सरकारसँग सहकार्य गर्नाका साथै योजना तर्जुमा गरिने जानकारी दिए।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले अस्पताललाई दीर्घकालसम्म गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ विभिन्न चरणमा कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रयास भइरहेको उल्लेख गर्दै मिर्गौला रोगका बिरामीलाई उपचारका लागि हेटौँडाबाट बाहिरतिर भौँतारिनु नपर्ने अवस्था सृजना भएकामा प्रशंसा व्यक्त गरे ।
उनले जिल्लामा मिर्गौला रोगका बिरामीको चापलाई दृष्टिगत गर्दै डाइलाइसिस सेवालाई क्रमशः दैनिक तीन समूहमा सञ्चालनमा ल्याउने पनि जानकारी दिए । करीब तीन वर्षअघि आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरद्वारा हेटौँडाको चुरेहिल अस्पतालमा डाइलाइसिस सेवा शुरु गर्दै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्रीद्वारा नेपाल संवत्को नयाँ वर्षको शुभकामना
कात्तिक १७, २०८१ शनिबार
सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास
कात्तिक १७, २०८१ शनिबार
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार