मध्यपहाडी राजमार्गमा ८६ पुलको निर्माण सम्पन्न
नेपालबहस संवाददाता
असार १५, २०७८ मंगलबार १९:३७:४३
१५ असार, काठमाडौं । राष्ट्रिय गौरवको मध्यपाहाडी राजमार्गमा पर्ने ८६ पुलको निर्माण सम्पन्न भएको छ । डिजाइनअनुसार जम्मा १२९ पुल निर्माण गर्नुपर्नेमा कतिपय पुल निर्माणाधीन र कतिपय डिजाइनका चरणमा रहेको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयल जनाएको छ ।
आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो राजमार्गमा अझै २१ पुलको ठेक्का सम्झाता हुन बाँकी रहेको निर्देशनालयका प्रमुख अर्जुन अर्यालले बताए । उनका अनुसार हालसम्म २२ पुल निर्माणाधीन छन् भने र २१ पुल ठेक्का हुन बाँकी छ । निर्माण शुरु हुन बाँकी पुलमध्ये अहिले सात पुलका ठेक्का भइसकको र चार वटा ठेक्का सम्झौताका लागि सूचना निकाल्ने चरणमा थियो ।
ती बाहेकका अरु पुलसमेत ठेक्का निकाल्ने क्रममा भए पनि निषेधाज्ञाका समयमा ठेक्का निकाल्न नपाइने सर्वोच्च अदालतको निर्णयका कारण अघि बढ्न नसकिएको उनले बताए । उनले भने, “दुईचार वटा पुलका ठेक्का निकाल्ने तयारी भए पनि कोभिड र निषेधाज्ञाको कारणले सकिएको छैन ।”
चालु आबमा सो आयाजनामा अहिलेसम्म तीन पुल मात्रै सम्पन्न भएको छ । त्योभन्दा धरै सङ्ख्यामा सम्पन्न गर्न लक्ष्य भएपनि विभिन्न समस्याका कारण लक्ष्यअनुसार नभएको उनले बताए । हाल निर्माणाधीन २२ पुलमध्ये सात सक्ने लक्ष्य भए पनि त्यसअनुसार प्रगति नभएको उनका भनाइ छ । उनले भने, “अझै पनि मसान्तसम्ममा केही सङ्ख्या थपिनसक्छ ।”
मध्यपाहाडका विभिन्न जिल्लालाई जोड्ने सो राजमार्गलाई देशको मध्यपाहाडको विकासको आधारमा रूपमा सरकारले अघि बढाएको छ । पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग, हुलाकी राजमार्ग पछि पूर्वदेखि पश्चिम जोड्ने तेस्रो राजमार्गका रूपमा यो राजमार्ग रहेको छ । पाँचथर जिल्लाको चियो भञ्ज्याङबाट शुरु भएको बैतडीको झुलाघाटसम्म रहेको छ । राजमार्ग निर्माणसँगै नयाँ शहर विकास हुने अपेक्षा गरिएको छ । आव २०७९र८० सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनामा अझै कतिपय स्थानमा रेखाङ्कन परिवर्तन गर्नुपर्ने माग भइरहेको छ । पुल निर्माणका लागि दुईतीन वर्ष समय लाग्ने भएकाले लक्ष्यअनुसार समयम सम्पन्न गर्न बाँकी स्थानमा सडक र पुल निर्माणका लागि प्रक्रिया अघि बढाइनुपर्ने सडक विभागले बताउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार