धौलागिरी अस्पताल प्रदेशकै उत्कृष्ट अस्पतालमा छनोट
नेपालबहस संवाददाता
असार १५, २०७८ मंगलबार २१:३७:५०
१५ असार, गलकोट । बागलुङको धौलागिरी अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट अस्पतालमा छनोट भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा तीन पटकसम्म गरेको मूल्याङ्कनका आधारमा ५० शय्याको अस्पतालमध्ये धौलागिरी अस्पताल उत्कृष्ट भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयबाट हरेक वर्ष हुँदै आएको न्यूनतम सेवा शर्त मापनमा ५० शय्या क्षमताका गोर्खा अस्पताल, म्याग्दी अस्पताल र धौलागिरी अस्पतालमध्ये धौलागिरी अस्पताल उत्कृष्ट भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताए । अघिल्लो वर्षदेखि शुरु भएको उक्त सर्वेक्षण कार्यक्रममा गत वर्षसमेत धौलागिरी अस्पताल नै उत्कृष्ट छनोट भएको थियो । गत वर्ष ६६ प्रतिशत अङ्क पाएको धौलागिरी अस्पतालले अहिले ७३ प्रतिशत पाएको छ । गत वर्षको तुलनामा अस्पतालमा धेरै सकारात्मक परिवर्तन भएको पाइएको जनस्वास्थ्य निरीक्षक दानीको भनाइ छ ।
यसैगरी म्याग्दीको बेनी अस्पतालले ६६ प्रतिशत र गोर्खा अस्पतालले ४० प्रतिशत अङ्क प्राप्त गरेको छ । सुशासन तथा व्यवस्थापन, उपचार सेवा र व्यवस्थापन तथा अस्पताल सहयोग सेवा गरी मुख्य तीन विषयमा गरिएको मूल्याङ्कनका आधारमा धौलागिरी अस्पताल उत्कृष्ट भएको हो । तीन विषयमा केन्द्रित रहेर ६४७ वटा सूचक राखेर त्यसमा अङ्क प्रदान गरिएको थियो ।
अस्पतालको सुदृढीकरणका लागि तय गरिएका रणनीतिक योजना, गण्डकी प्रदेश सरकार, जनप्रतिनिधि, स्थानीय तह तथा अन्य सङ्घसंस्थाको सहयोग र अस्पतालको सिङ्गो टोलीको सक्रियताका कारण अस्पतालको सेवामा वृद्धि भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए । निर्देशनालयका अनुसार यो अस्पतालले चालू आर्थिक वर्षको शुरुमा ५७ प्रतिशत, मध्यमा ६५ प्रतिशत र आर्थिक वर्षको अन्त्यमा ७३ प्रतिशत अङ्क प्राप्त गरेको हो । अस्पतालले अझै केही पक्षमा सुधार गर्ने हो भने ९० प्रतिशत ल्याउने निर्देशनालयको भनाइ छ । निर्देशनालयका अनुसार आकस्मिक कक्ष र शल्यक्रिया कक्षमा केही परिवर्तन गर्न जरुरी रहेको जनाएको छ ।
निर्देशनालयका सुझाव अनुसार अस्पतालको सेवा विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवा र चुस्त व्यवस्थापन गर्दै आएको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरीटेण्डेन्ट डा। शैलेन्द्र बि।क पोखरेलले जानकारी दिए । “तीन अस्पतालमा उत्कृष्ट भएको छ, मन्त्रालयबाट आएको यो खबरले हाम्रो अनवरत खटाईको मूल्याङ्कन भएको महसुस भएको छ,” उनले भने, “अस्पतालमा अझै धेरै व्यवस्थापन र सुधार गर्नुपर्ने छ, जनशक्तिको व्यवस्थापनमा पनि ध्यान दिनुपर्नेछ, हामी यो अस्पताललाई प्रदेशकै गुणस्तरीय सेवा र सुधारसहितको अस्पताल बनाउन चाहन्छौ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्रीद्वारा नेपाल संवत्को नयाँ वर्षको शुभकामना
कात्तिक १७, २०८१ शनिबार
सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास
कात्तिक १७, २०८१ शनिबार
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार