वर्षाले देशका २३ सडक अवरुद्ध, यात्रुलाई सास्ती
नेपालबहस संवाददाता
असार १७, २०७८ शुक्रबार १:५४:४९
१७ असार, काठमाडाैं । नियमित वर्षाका कारण पछिल्लो दुई दिनमा देशका २३ सडक अवरुद्ध बनेका छन् । नियमित वर्षाका कारण आएको बाढी र पहिरोले अहिले १४ सडक ठप्प छन् भने ४९ सडक एकातर्फबाट मात्रै सञ्चालनमा छन् ।
पूर्व–पश्चिम राजमार्गको नवलपूरको थुम्सी, पितौजीमा अवरुद्ध छ । दुई साता पहिलेदेखि नै अवरुद्ध भएकाले सडक विभागले खुलाइरहेको डुम्रे–बेशीशहर–चामे सडक पहिरोका कारण थप क्षतिग्रस्त बनेको छ । यो सडक भन्सार र तुरतुरेमा अवरुद्ध भएकामा तुरतुरेमा एकातर्फबाट सडक खुलाइएको छ । बँेशीसहर–चामे सडक ठप्प भएकामा पैदलयात्रु समेत झुण्डिएर यात्रा गर्नुपरेको सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिए ।
बुधबार नै हुलाकी राजमार्गअन्तर्गत बर्दियाको सत्तीघाट कर्णाली पुलमा सडक अवरुद्ध भएको छ । चितवन जिल्लाको ठोरी–भरतपुर–मुग्लिन, आँबुखैरेनी–गोरखा–घ्याम्पेसाल सडक र आरुघाट–सिर्दिवास–रोइला सडक पनि अवरुद्ध छ ।
राष्ट्रिय राजमार्गमा नै बाढी र पहिरोले अवरोध पु¥याएकामा विभिन्न सडकमा एकातर्फको पहिरो हटाएर सवारीसाधन चल्न थालेको छ । अरनिको राजमार्गको सखुवा, बिपी राजमार्गको माम्ति र कमेरे फाँटमा सडक एकातर्फी रुपमा चालु छ । पृथ्वी राजमार्गका धेरै ठाउँमा बुधबार पहिरो गएकामा आजसम्म एकातर्फको सडक खुलाएर सडक सुचारु गरिएको छ । यो राजमार्गको जोगीमारा–जवांग खोला खण्ड, एनापहरा, याम्पा, डुम्रे, देउराली, घाँसीकुवा, कुम्लेखोलालगायतका स्थानमा सडक आसिंक सुचारु अवस्थामा छन् ।
त्रिभुवन राजपथको टिस्टुङ–देउराली कालापानी सडक, सिद्धार्थ राजमार्गको सिद्धबाबा, र पूर्व–पश्चिम राजमार्गको खरङ्गामा पनि एकातर्फबाट मात्रै सडक सुचारु छ । अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोक जिल्लाको कोदारीमा अवरुद्ध सडक अझै खुल्न सकेको छैन । रसुवाको त्रिशुली खोला, सानो भार्खु खोला, गाँजाबारीमा असार १ मा पहिरोले अवरुद्ध सडक पनि अझै अवरुद्ध छ ।
गत जेठ ३१ गतेदेखि अहिलेसम्म गरी ८५ सडक पूर्ण रुपमा अवरुद्ध रहेकामा अहिलेसम्म २४ सडक दुवैतर्फबाट सुचारु भइसकेको छ । ४८ सडक आशिंक र १३ पूर्णरुपमा ठप्प छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदुरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
असोज २, २०८१ बुधबार
लगातारको वर्षापछि महाकाली नदीको जलसतह उच्च
भदौ २८, २०८१ शुक्रबार
बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते
भदौ २७, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार