काठमाडौं डिभिजनको ८० प्रतिशत सडक निर्माण गर्ने अनुमान
नेपालबहस संवाददाता
असार १८, २०७८ शुक्रबार २२:९:५७
१८ असार, काठमाडौं । डिभिजन सडक कार्यालय काठमाडौँले चालु आवमा लक्ष्यभन्दा ८० प्रतिशत मात्रै सडक निर्माण गर्ने अनुमान गरेको छ । अहिलेसम्मको प्रगतिका आधारमा अबका पाँच–छ दिन काम गर्न पाएमा सो प्रगति हासिल गर्न सकिने डिभिजनले जनाएको छ ।
चालु आवमा कोभिडका कारण काममा बाधा पुगेकाले कार्यालयले लक्ष्यभन्दा कम प्रगति हुने देखिएको जनाएको छ । दुई महिनामा निर्माण र मर्मत दुवै काममा निषेधाज्ञाका कारण अवरोध पुगेको कार्यालयले बताएको छ । अहिले मनसुनका कारण कालोपत्र गर्न नसकिरहेको कार्यालय प्रमुख कुबेर नेपालीले बताए । वर्षा भइरहँदा सडक निर्माणको अरू काम गरे पनि कालोपत्र गर्न सकिँदैन । उनले भने, “अझै पनि मौसममा सुधार आए काम गर्न सकिनेछ ।”
कार्यालयले २१ किमी नियमित मर्मतको लक्ष्य राखेकामा अहिलेसम्म झण्डै १३ किमी सम्पन्न भएको छ । अहिले गर्नुपर्ने ठाउँमा नै मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि खाल्डो खनिएकाले बाधा पुगेको प्रमुख नेपालीले बताए । उनका अनुसार अझै पनि दुई–तीन दिन घाम लागेमा नयाँ निर्माण नसकिए पनि मर्मतको काम गर्न सकिनेछ । त्यस्तै चालु आवमा १५ किमी लक्ष्य लिइएकामा अहिलेसम्म १० किमी सकिएको उनले बताए । उनले भने, “अहिले पनि मर्मतको काम गर्न सकिने देखिन्छ ।”
विगतका वर्षमा काठमाडौँका मुख्य सडक खाल्डा नै खाल्डा हुने गरेकामा गत आवमा मुख्य सडकमा कालोपत्र थप्ने काम भएको थियो । चालु आवमा गत आवमा गर्न बाँकी ठाउँमा ‘ओभर ले’ को योजना बनाइएको भए पनि गत वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा समन्वय हुन नसक्दा काम हुन सकेको थिएन । वैशाख र जेठमा एकातिर सङ्क्रमितको सङ्ख्या उच्च र अर्कातिर प्रशासनबाट आवश्यक समन्वयको कमीका कारण निर्माण अघि बढ्न सकेको थिएन ।
कार्यालयले चालु आवमा मुख्य सडकमा पैदलयात्रु मार्ग निर्माणलाई अघि बढाइरहेको छ । हेर्दा सुन्दर पैदलयात्रु मार्ग अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिका सबैलाई हिँड्न सजिलो हुने किसिमको छ । कार्यालयले चालु आवमा नयाँ सडकको निर्माण मुख्य शहरी क्षेत्रभन्दा पनि चक्रपथ बाहिरका क्षेत्रमा गरिरहेको थियो । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार