गाउँपालिकाद्वारा पशुपालक किसानलाई दाना बनाउने र घाँस काट्ने मेसिन वितरण
नेपालबहस संवाददाता
असार २०, २०७८ आइतबार १६:२१:४९
२० असार, टीकापुर । कैलालीको जानकी गाउँपालिकाले पशुपालक किसानलाई दाना बनाउने र घाँस काट्ने मेसिन वितरण गरेको छ । व्यावसायिकरूपमा पशुपालन गरिरहेका पालिकाभित्रका १६ किसानलाई ७५ प्रतिशत अनुदान सहयोगमा मेसिन वितरण गरिएको हो । गाउँपालिकाबाट अनुदानमा दाना बनाउने र घाँस काट्ने मेसिन पाएपछि पशुपालक किसान व्यवसायमा सहयोग पुग्ने बताउँछन् ।
जानकी–९ मूर्तियाका प्रकाश विक तीन वर्षदेखि बाख्रापालन गरिरहनुभएको छ । सत्र वटा बाख्राबाट व्यवसायिकरूपमा बाख्रापालन शुरु गरेका प्रकाशसँग अहिले ५६ बाख्रा छन् । गाउँपालिकाबाट दाना बनाउने र घाँस काट्ने मेसिन पाएपछि आफ्नो व्यवसायमा सहयोग पुग्ने उनी बताउँछन् । “अब बाख्राका लागि दाना बनाउने र घाँस काट्ने मेसिन पाएँ । अब समय व्यवस्थापनमा सहयोग पुग्छ”, विकले भने, “व्यवसायिक पशुपालनमा लागेकालाई यसले ठूलो राहत हुन्छ । हाम्रो समय व्यवस्थापन मात्र होइन, राम्रो उत्पादन लिन सकिने अपेक्षा गरेको छु ।”
विकले स्वदेशमै केही गर्न चाहने युवा, कृषि र पशु कर्ममा लागेकालाई स्थानीय सरकारको यस्तै सहयोग आवश्यक रहेको बताउनुभयो । वडा नं ६ का जगत् साउदले पनि पाँच वर्षदेखि व्यवसायिकरूपमा बाख्रापालन गरिरहेको छ । अहिले साउदको खोरमा ३५ बाख्रा छन् । गाउँपालिकाबाट दाना बनाउने मेसिन पाएपछि उनी पनि खुशी भएको छ । “पाँच वर्षदेखि यही व्यवसाय गरिरहेको छु । घरमै बसेर व्यवसाय गर्दा घरकै सदस्यले काम गर्न सकिने भएकाले यो व्यवसाय सहज छ”, साउदले भने “घाँस काट्ने मेसिन र दाना बनाउने मेसिन आवश्यक थियो । हाम्रो आवश्यकतालाई पालिकाले सम्बोधन गरेको छ ।”
तीन वर्षदेखि बाख्रापालन गरिरहनुभएका वडा नं ४ कञ्चनपुरका रेजिना कठरिया अब पालिकाको सहयोगपछि यो व्यवसायमा थप टेवा पुग्ने बताउँछन् । “पालिकाले कृषि तथा पशुपालनमा लागेकालाई राम्रो सहयोग गरेको छ”, कठरियाले भन्नुभयो, “यसले हामीलाई थप प्रोत्साहन मिलेको छ ।” दाना बनाउने र घाँस काट्ने मेसिन वितरण गर्दै गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पशुपालन गर्ने किसानलाई व्यवसायमा आकर्षण बढाउनका लागि गाउँपालिकाले सहयोग गरेको बताए । “हामी आगामी दिनमा पनि सहयोग गर्छौँ, कृषि र पशुपालनमा लगानी बढाउने हाम्रो नीति पनि छ”, अध्यक्ष चौधरीले भने, “कृषिमा लागेकाहरुले सहयोग नपाउने कुरै हुँदैन, हामी सबैखाले सहयोग गर्न तयार छौँ, यहाँहरुको माग आउनुपर्याे ।”
उपाध्यक्ष उमा महतोले व्यावसायिकरूपमा काम गरिरहेका किसानको आयआर्जन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरे । “थप व्यवसाय विस्तार गर्न र आयआर्जन वृद्धिमा सहयोग पुग्नेछ”, महतोले भने, “अन्य युवालाई पनि यसले हौसला थप्नेछ ।”
पशु सेवा शाखा प्रमुख नरबहादुर कार्कीले शाखाबाट अनुदानमा वितरण गरिएका सामग्रीको सही सदुपयोग गर्न आग्रह गरे। “हामीले व्यवसाय गरिरहेकालाई सघाएका छौँ, मेसिन मात्र होइन, अन्य खाले सहयोगका कार्यक्रम पनि छन् । उपचारदेखि सबैखाले सहयोग गरिरहेका छौँ”, कार्की भनछन्, “व्यवसाय थप फस्टाओस् भन्ने हो । हामी अनुगमन गर्छौँ ।”रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
पर्साको जिराभवानी गाउँपालिकामा सेवा प्रवाह र सुशासन विषयक अन्तरक्रिया सम्पन्न
पुष १५, २०८१ सोमबार
बुद्धि तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ को घोषणा
पुष १५, २०८१ सोमबार
दूधमती नदीको संरक्षण र सौन्दर्यकरणका लागि सीमाङ्कन सुरू
पुष १५, २०८१ सोमबार
सन् २०२४: बलिउडमा घटेका चर्चित घटना के के हुन् ?
पुष १५, २०८१ सोमबार