गृह मन्त्रालय र प्राधिकरणको संयुक्त योजनामा मुख्यमन्त्री कार्यालयलाई बाइपास गर्ने योजना
नेपालबहस संवाददाता
असार २०, २०७८ आइतबार १६:३९:१५
२० असार, स्याङ्जा । आँधीखोला गाउँपालिका ५ सेतीदोभानमा रहेको आँधीखोला अस्पतालमा बन्न लागेको नयाँ भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीद्वारा शिलान्यास गरिएको कार्यक्रममा स्थानीय निकायको असहयोग देखिएको छ ।
मुख्यमन्त्रीसहितको भव्य शिलान्यास कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष लगायत कसैको पनि उपस्थिति नदेखिनुले उनीहरुको राजनीतिक दुराग्रह स्पष्ट भएको कांग्रेसका नेता प्रदीप पौडेलले बताएका छन् । उनले भने, “अस्पताल जस्तो ठाउँमा राजनीति गर्नु एकदमै बिडम्बना हो । स्थानीय सरकारले प्रदेशलाई नटेरेको देखियो ।”
सो शिलान्यास कार्यक्रम सम्पन्न गर्न मुख्यमन्त्रीको कार्यालयबाट भुकम्प प्राधिकरणलाई निर्देशन दिइएको भए तापनि जिम्मा पाएको प्राधिकरणका सीईओ शुशील ज्ञवाली आफै शिलान्यास गर्न जाने भन्दै प्रदेश सरकारको नीति निर्देशनको ठाडो उल्लङ्घन गरेका थिए । गृह मन्त्रालय र प्राधिकरणको संयुक्त योजनामा मुख्यमन्त्री कार्यालयलाई बाइपास गर्ने योजना बनेकोले सोही मुताविक स्थानीय निकायका पदाधिकारीहरु अनुपस्थित भएको बताइएको छ ।
प्राधिकरण र स्थानीय निकायको राजनीतिक अभिष्ट पुरा नहुने देखिएपछि अन्ततः आँधीखोला गाउँपालिकाका प्रमुख सुधीरकुमार पौडेल, उपाध्यक्ष शर्मिला पौडेललगायतले यसलाई बिथोल्ने योजना बनाएको स्रोतले बताएको छ । बिथोल्ने अनेक प्रयास गर्दा पनि उनीहरु असफल देखिएपछि अन्तत नैतिक सङ्कटका कारण मुख्यमन्त्रीको कार्यक्रममै उपस्थित नभएको स्थानीयहरुले बताएका छन् ।
कार्यक्रममा उपस्थितहरुले गाउँपालिकाकै गर्व गर्ने अस्पताल बन्दा पनि कार्यक्रममा समेत उपस्थित हुने हिम्मत नगर्नुले स्थानीय गाउँपालिकाको राजनीतिक पूर्वाग्रह देखिएको बताए । अस्पताल सबैको साझा हो तर अस्पताललाई सहयोग गर्नु त परैको कुरा कार्यक्रममा समेत अनुपस्थित हुनुले आफूहरुलाई लज्जित बनाएको सहभागीहरुले बताएका छन् ।
अस्पताल निर्माणमा सुरुदेखि नै समुदायको भूमिका रहेको छ । समुदायले महायज्ञ लगाएर तथा स्थानीयले छाक कटाएर अस्पताललाई पैसा हालेका र त्यसको नेतृत्व गार्डेनका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता जयराम पौडेलले गरेका थिए । जयराम पौडेलले नेतृत्व गरेको भएर नेकपा एमालेका मानिसहरुलाई मन नपरेको हुन सक्ने बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार