बाजुरामा सेनाको हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
नेपालबहस संवाददाता
असार २२, २०७८ मंगलबार १८:३३:२६
२२ असार, मार्तडी । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाकी एक गर्भवतीको स्वास्थ्यचौकीमा सुत्केरी हुन नसक्दा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोही गाउँपालिका–३ गोत्रीकी १८ वर्षीया कमला विष्टलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत कोल्टीमा उद्धार गरेर नेपालगञ्ज लगेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीका अनुसार गर्भवती विष्टका पेटमा शिशु उल्टो भएकाले जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले हेलिकप्टरमार्फत उद्धार गरी कोहलपुर मेडिकल कलेजमा लगिएको हो । कम उमेरमै विवाह गरेका कारण शिशु पाउन नसक्दा र पेटमा उल्टो भएका कारण कोल्टीमा सुत्केरी गराउन नसकी बाहिर पठाइएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार