तोकिएको भन्दा बढी भाडा लिने सात सवारीसाधन कारवाहीमा
नेपालबहस संवाददाता
असार २४, २०७८ बिहिबार २१:३८:४५
२४ असार, डोटी । तोकिएको दरभन्दा बढी भाडा लिने सात सवारीसाधनलाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार निषेधाज्ञा उलङ्घन गर्ने तथा यात्रुलाई टिकट नदिइ बढी भाडा लिने चार जीप तथा तीन हाईस गरी सात वटा सवारीसाधनलाई आज कारवाही गरिएको छ ।
कारवाहीमा परेका सवारीसाधनबाट रु ६ हजार ५०० जरिवाना समेत लिइएको छ । जिल्लामा सञ्चालन भइरहेका सावरीसाधनले बढी भाडा लिने गरेको गुनासो बढेपछि यहाँको स्थानीय प्रशासनले छड्के अनुगमन शुरु गरेको छ ।
दोस्रो चरणको कोरोना भाइरस कोभिड–१९ को माहामारीका बेला यात्रु ठगिन थालेपछि छड्के अनुगमन शुरु गरी सावारीसाधन जाँच गर्न थालिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाको मौका छोपी यातायात सञ्चालकले यात्रु ठग्ने गरेको उजूरी आएपछि हामीले अनुगमन शुरु गरेका छौँ, यात्रु ठग्नेलाई जरिवानासमेत तिराउन थालेका छौँ ।”
जिल्लामा कोरोना निषेधाज्ञा उलङ्घन गर्ने चार र यात्रुलाई टिकट नदिइ बढी भाडा लिने तीन सवारीसाधन कारवाहीमा परेका हुन् । यसैगरी डोटीबाट धनगढीका लागि छुट्ने केही सवारीसाधनले तोकिएको प्रति व्यक्ति भाडादर रु ५५० भन्दा बढी रु एक हजारसम्म भाडा लिँदै आएको गुनासो बढेको छ ।
पहिलो पटक बढी भाडा लिने सवारीसाधनलाई सामान्य जरिवाना तिराइ बढी लिएको यात्रुको भाडा फिर्ता गर्न लगाइएको र पुनः दोहरिए कानून बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
सन् २०२४ मा एक सय बढी देशमा चुनाव, ८० प्रतिशत देशमा सत्तारूढ दल र राष्ट्रपति पराजित
पुष १८, २०८१ बिहिबार
गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
पुष १८, २०८१ बिहिबार
सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष : मौसम एजेन्सी
पुष १८, २०८१ बिहिबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
एमाले सचिवालय बैठक सुरू
पुष १८, २०८१ बिहिबार