सरकारी विद्यालय हुनु त यस्तो पो !
नेपालबहस संवाददाता
असार २८, २०७८ सोमबार १९:९:४
पवित्रा घिमिरे
२८ असार, तानसेन । रामपुर नगरपालिका बेझाडस्थित रामतुलसी माध्यमिक विद्यालय विद्यार्थीको तथा अभिभावकको पहिलो रोजाइ बन्ने गरेको छ । सुविधायुक्त कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पानीको व्यवस्था, खेल मैदान, अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापले सो विद्यालय सबैको आकर्षण भएको हो ।
जिल्लाकै धेरै विद्यार्थी रहेकोे सो विद्यालयलाई अहिले प्रदेशमै उत्कृष्ट नमूना विद्यालयका रुपमा विकास गरिँदैछ । दुई हजार १०० विद्यार्थी अध्ययनरत सो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्केको गुनासो बढिरहेका सयममा जिल्लाका सामुदायिक विद्यालयलाई थप व्यवस्थित पारिँदै छ । सो व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल विद्यालयलाई नूमना विद्यालयका रुपमा विकसित गरिने जानकारी दिए ।
नियमित लेखा परीक्षण, अध्यापनशैली तथा विद्यार्थीको शैक्षिक प्रगतिका आधारमा यस विद्यालयलाई विसं २०७४ मा सरकारले नमूना विद्यालयका रुपमा छनोट गरेको थियो ।
कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अङ्ग्रेजी, नेपालीसँगै विज्ञान तथा बालीविज्ञान विषयमा पढाइ हुने सो विद्यालयमा अहिले करीब रु एक करोड लागतमा मन्टेश्वरी अवधारणामा प्रारम्भिक बालविकास तह तयार पारिएको छ । करीब ११३ रोपनी जग्गा रहेको सो विद्यालयमा बालबालिकालाई प्लेगु्रपदेखि युकेजीसम्म पढाइ हुनेगरी विद्यालय भवन तयार गरी भान्सा, शौचालय, बिछ्यौना, प्रशस्त खेलौना छुट्टै खालको प्रबन्ध गरिएको छ ।
अध्यक्ष पौडेलले सानैदेखि अङ्ग्रेजीमा जान्ने बुझ्ने गराउँदै विद्यार्थीमा अन्तरनीहित क्षमताको विकासका निम्ति प्रारम्भिक बालविकासमा कम शुल्कमा पढाउने व्यवस्था हुने जानकारी दिए । उनले भने, “अहिले पनि पाल्पासँगै गुल्मी, दाङ, प्यूठान, कालीकोट, काठमाडौँ, स्याङ्जा, तनहुँ र नवलपुरबाट समेत विद्यार्थी विज्ञान, बालीविज्ञानलगायतका विषय अध्ययनका निम्ति आएका छन् । सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण बदलेर उत्कृष्ट विद्यालय बनाउने प्रयत्नमा जुटेका छौँ ।”
सरकारी विद्यालयमा पनि कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्याममा पढाइ हुन थालेपछि निजी विद्यालयप्रति सबैको आकर्षण बढेको शिक्षक लेखनाथ शर्मा मरासिनीले बताए । करीब ३६ रोपनी जग्गामा विद्यालयका करीब १८ वटा भवन संरचना निर्माण छन् भने करीब २४ रोपनी जग्गामा कृषि फर्म सञ्चालन भएको छ । कतिपयले स्याङ्जा, तनहुँ तथा नवलपुरबाट समेत रामपुरमा कोठा भाडामा लिएर छोराछोरी विद्यालयमा पढाउन आउने गरेको उनको भनाइ छ ।
बिहानै विद्यालय पुग्ने विद्यालयका प्रधानाध्यापकले बेलुकासम्म नै विद्यालयमा खट्ने गरेको विद्यालयका सहयोगी कुलबहादुर दरैले बताउनुभयो । उनले भने, “प्रधानाध्यापक बिहानैदेखि स्कुलमा आएपछि बेलुकासम्म खटिन्छ । समयभन्दा कसैले तलमाथि गर्न पाउँदैन । घण्टी बज्नेबित्तिकै सर कक्षामा पस्नुहुन्छ, तोकिएका समयमा विद्यालय नपुग्ने विद्यार्थी र शिक्षकलाई कारवाही हुन्छ ।” अहिले कोभिड– १९ को जोखिम भएकाले इन्टरनेट अनलाइनका माध्यामबाट अध्यापन गराइएको छ ।
विद्यालय पुगेर कक्षा सञ्चालन, पठनपाठन, अतिरिक्त क्रियाकलापबारे चासो राख्दा पनि विद्यार्थी तथा शिक्षक अनुशासनमा डो¥याउन सहज हुने प्रधानाध्यापक बालकृष्ण लम्साल बताउँछन् । उनले भने, “विद्यालयमा सुविधा सम्पन्न भवन, खेल मैदान, अनुशासित ढङ्गले पढाइ हुने वातावरण छ, कम्प्युटर प्रयोगशाला र प्रविधियुक्त शिक्षाको विकास भइरहेको छ ।” विद्यार्थीलाई सानैदेखि प्रशस्त खेलकूद सामग्री जुटाएर खेल्दै, सिक्दै गर्ने वातावरण सिर्जना गरेका छौँ, प्रधानाध्यापक लम्सालले भने ।
विद्यालयमा प्राविधिकधारतर्फको व्यवस्थापनका लागि अत्याधुनिक ल्याब सञ्चालनका निम्ति करीब रु २८ लाख बराबरको सामग्री खरीद गरिएको छ । यस वर्ष विद्यालय बस सञ्चालनमा ल्याउने र आगामी वर्ष छात्राबास सञ्चालनको योजना रहेको विद्यालयले जनाएको छ ।
सहुलियत तरिकाबाट विद्यार्थीलाई शिक्षा प्रदान गर्ने विद्यालयले आर्थिक अभावका कारण समस्यामा परेका विद्यार्थीलाई निःशुल्क भर्ना, किताब, विद्यालय भर्नाकोसमेत प्रबन्ध गरिने जनाएको छ । रामपुर नगरपालिका शिक्षाशाखा अधिकृत विकल काफ्लेले लुम्बिनी प्रदेशमा उत्कृष्ट विद्यालयका रुपमा छुट्टै पहिचानका साथ स्थापित हुन लागेको बताए ।
उहाँले ग्रामीण भेगमा पिउने पानी, शौचालय, उपर्युक्त भौतिक संरचनालगायत प्रशस्त सुविधासहित सञ्चालित विद्यालय उदाहरणीय भएकामा जोड दिए । रामपुर दर्छा खोप्टारको पाटीबाट शिक्षा दिन थालेको विद्यालयमा देशका विभिन्न सरकारी पदमा कार्यरत कर्मचारी उत्पादन गर्ने रामपुरकै पुरानो विद्यालयका रुपमा परिचित छ । ८५ जना शिक्षकले अध्यापन गराउने गर्दछन् । अहिले जिल्लामा ४३७ सरकारी तथा ६० संस्थागत विद्यालय छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार