दर्शनशास्त्र परिचय पुस्तक बजारमा
नेपालबहस संवाददाता
असार ३०, २०७८ बुधबार २१:०:१२
३० असार, काठमाडौं । ‘दर्शनशास्त्रको परिचय’ पुस्तक लोकार्पण गरिएको छ । डा गोविन्दशरण उपाध्यायले लेखेको दर्शनशास्त्रको परिचयात्मक पुस्तक जरो किलो प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारेर मङ्गलबार पुस्तकको लोकार्पण गरिएको हो । कोभिड महाव्याधिको अवस्था रहेको कारण प्रविधिको माध्ययमबाट पुस्तक लोकार्पण गरिएको थियो । पुस्तकको लोकार्पण शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले गरेको थियो ।
दर्शनजस्तो गहन विषयमा नेपाली भाषामा पुस्तक प्रकाशन भएकाले सर्वसाधारण नेपालीले मौलिक दर्शनको महत्व बुझ्ने अवसर पाएको प्राडा कोइरालाले बताए । पुस्तक समीक्षा गर्नुहुँदै प्राडा आनन्दप्रसाद घिमिरेले समग्र हिमवत् खण्ड ज्ञानभूमि, तपो भूमि रहँदै आएको साक्ष प्रस्तुत गर्नुहुँदै यहाँको जाज्वल्यमान ज्ञानपरम्पराको सामान्य ज्ञान दिन पुस्तकको पहल सफल रहेको बताए ।
पुस्तक लोकार्पण सत्सङ्ग जरो किलो महाअभियानका सङ्कल्पकर्ता तथा जरो किलो प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा निर्मलमणि अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । सो अवसरमा डा अधिकारीले प्रतिष्ठानले नेपालको पुनर्जागरणका लागि अन्य गतिविधिसँगै पुस्तक प्रकाशनलाई पनि प्राथमिकतामा राखेकोे बताए । प्रतिष्ठानले लेखकहरुको लेखकीय स्वतन्त्रतालाई पूर्ण सम्मान गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
पुस्तकका लेखक डा गोविन्दशरण उपाध्यायले पुस्तक मौलिक चिन्तन पद्धतिको सागरको थोपा भएको बताए । पुस्तकमा रहेका कमी कमजोरीलाई आगामी संस्करणमा सुधारिने पनि उनले बताए । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष श्रीरामप्रसाद पोखरेलले प्रतिष्ठानले धर्म, संस्कृति, भाषा, कला साहित्यका क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका कार्यहरु सम्पन्न गरिसकेको जानकारी दिए । दर्शनशास्त्रको परिचयसँगै जरो किलो प्रतिष्ठान नेपालले आठवटा पुस्तक प्रकाशन गरिसकेको र नवौँ पुस्तक पनि प्रकाशनका क्रममा रहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
मरेको मानिसलाई जीवित गर्ने प्रयास: अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
जेठ १७, २०८१ बिहिबार
बलिउड फिल्म धड्कको सिक्वेलको घोषणा, सिद्धान्तको अपोजिट तृप्ती
जेठ १७, २०८१ बिहिबार
‘जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गरौँ’
जेठ १७, २०८१ बिहिबार
नगर प्रमुखको आक्रोस : बजेट नदिएको झोंकमा मन्त्रीहरुलाई रारा प्रवेशमा रोक
जेठ १७, २०८१ बिहिबार
विश्वकप वार्म-अप खेल : आज अमेरिकासँग खेल्दै नेपाल
जेठ १७, २०८१ बिहिबार
सुर्खेतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, दुई घाइते
जेठ १७, २०८१ बिहिबार