नर्भिक अस्पतालको अध्यक्षमा सिंह र सीईओमा मिश्र नियुक्त
नेपालबहस संवाददाता
असार ३१, २०७८ शुक्रबार १:५:२२
३१ असार, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ । अस्पताल संचालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
अध्यक्षमा नियुक्त सिंह यसअघि नर्भिक अस्पतालको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । उनलाई बढुवा गरी संचालक समितिको अध्यक्ष बनाइएको हो ।
अध्यक्षमा नियुक्त सिंह विगत एकदशक भन्दा लामो समयदेखि नर्भिकमा आबद्ध छन् । उनी नर्भिकमा आउनुअघि नेपाल प्रहरीको एआईजीबाट अवकाश प्राप्त व्यक्ति हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अमेरिकाको भर्जिनियास्थित एफबीआई अकाडेमीबाट ग्राजुएसन, क्रिमिनल जस्टिस एण्ड पोलिस म्यानेजमेन्ट विषयमा यूकेबाट पोस्ट ग्राजुएट सर्टिफिकेट लेभलको अध्ययन पूरा गरेका छन् ।
यसैगरी, नर्भिक अस्पतालको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नियुक्त अजय मिश्र कुशल बैंकर तथा व्यवस्थापकको परिचय बनाएका व्यक्ति हुन् । उनी एक कुशल विश्लेषक तथा बैंकहरुको मर्जर विज्ञ समेत हुन् ।
उनी यसअघि यूनाइटेड फाइनान्सको सीईओको रुपमा कार्यरत थिए । यूनाइटेड फाइनान्सलाई नबिल बैंकमा सफल रुपमा मर्ज गराएर एकीकृत कारोबारसँगै उनले करिअरको १६ वर्ष समय बिताएको बैंकिङ सेक्टरबाट अवकाशको घोषणा गरेका थिए । मिश्रसँग गोर्खा फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, जनता बैंक लगायतका आधा दर्जन बित्तीय संस्थामा काम गरेको अनुभव छ ।
बैंकिङमा आउनुअघि मिश्रले नेपाल सरकार, यूएनडीपी, प्लान इन्टरनेशनल, नेपाल टेलिभिजन लगायतमा काम गरेका थिए । यी संस्थाहरुमा उनको नन्बैंकिङ करिअरको १६ वर्ष व्यतीत भएको थियो । मिश्रले काठमाडांै युनिर्भसिटीबाट विजिनेश एडमिनिस्ट्रेसनमा एमफिल(प्राचार्य)सम्मको अध्ययन पूरा गरेका छन् । नर्भिक अस्पतालको नेतृत्व परिवर्तन भएपनि मुख्य लगानी भने बिएलसी होल्डिङ्सकै कायम रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार