साउने संक्रान्तिको सांस्कृतिक महत्व
कुसुम सेञ्चुरी
साउन १, २०७८ शुक्रबार १९:३६:४१
साउन (श्रावण) महिनालाई शिवजीको सबभन्दा मनपरेको अवधिको रुपमा लिइन्छ । साउन महिनाको पहिलो दिन, सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ । यो संक्रान्तिको साँझ असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ ।
कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका साथ साँझमा लूतो फालिन्छ । यसमा कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरू चढाएर कण्डारक राक्षसलाई चढाएर, सांझमा कुकुर डाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधीजन्य वनस्पतिहरू जलाएर घर–घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ । यसैलाई लूतो फ्यांकेको भनिन्छ । लुतो फ्यांक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने तथा केहि बेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन छ ।
यो दिनदेखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणि गोलार्धमा सर्ने भएकोले दिन छोटो र रात लामो हुँदै जान्छ । साउन महिनाले नेपाली, खास गरी हिन्दू धर्मसँग सम्बन्धित चाडहरूको ल्याउने गर्दछ । धर्मशास्त्र अनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्दछन् । विवाहित महिलाहरू साउने संक्रान्तिदेखि यो महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र महिनाभर सोमबार व्रत बसी शिवको पूजा गर्दछन् ।
महत्व
जनजाती समुदायले साउने सङ्क्रान्ति पर्वलाई ‘लुतो’ फाल्ने चाडको रूपमा मात्र नमानेर किरात समुदायमा ‘माङहाङ’ नामक एक पूर्खा वा राजनेता र उनको जनतामा आइपरेको दैवीप्रकोप तथा सामना गर्नुपरेको अनिकालको कारुणिक काहानीसँग यो साउने सङ्क्रान्ति पर्वले तादात्म्यता राख्दछ । यर्सथ, यो चाडलाई प्रकृतिको पूजा, पूर्खाको सम्झना–सम्मान तथा विगत र वर्तमानको समीक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रूपमा पनि मान्ने गरिन्छ ।
किसानका छोराछोरीहरूले आफ्नै मातृभाषामा ‘संक्रान्ति जाऊ, मङ्ग्रान्ति आऊ; अनिकाल जाऊ, सहकाल आऊ’ भनी कराउँदै रमाएका हुन्छन् । संयोगवस, नेपालमा पुरानो आर्थिक वर्ष समाप्ती र नयाँ आर्थिक वर्ष आरम्भ पनि साउने १ गतेबाट हुने हुनाले सामाजिक–साँस्कृतिक रूपमै कहाँ, के कति राजनीतिक रूपमा राम्रा काम र नरम्रा भ्रष्टाचार भए भनेर समीक्षा गर्ने पर्वको रूपमा पनि यो चाडलाई विकसित गरेर लान सकिन्छ ।
विभिन्न समुदायहरूमा साउने संक्रान्ति
लिम्बू समुदायका मूख्य चारवटा तङ्नाम (पर्व)– चासोक तङ्नाम (मंसिरे पूर्णिमा), कःक्फेक्वा तङ्नाम (माघे संक्रान्ति), यक्वा तङ्नाम (बैशाख पूर्णिमा) र साउने संक्रान्ति पनि ‘सिसेक्पा तङ्नाम’को निकै महत्वपूर्ण पर्व हो । यस दिन किरातीहरूले आफ्नो ईष्टदेवको सम्मानमा नयां पाकेका फलफुलहरू चढाउँदै डोरिमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ ।
पूर्वी तराईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानिल्याएको ‘सिर्जात’ (असारे पूजा) र धङधङ्गे मेलाको समापन गर्न विशेष चाडको रूपमा मनाउने गर्दछन् । कर्णालीको जुम्लातिर देउडा गीत र नाचलाई आफ्नो विशेष सांस्कृतिक निधिको रूपमा मान्ने आइडी जातिहरूले साउने सङ्क्रान्ति पर्वमा लुतो फालेको शैलीमा बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानेर अनिष्ट, रोगब्याधी र अनिकाल जाओस् भन्दै साउने सङ्क्रान्ति मान्ने गर्दछन् ।
पूर्वी नेपालको लिम्बुवान, खम्बुवानतिर साउने सङ्क्रान्तिको दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गल गई संक्रान्तिका लागि फल–फूल, कन्दमूल र पात (च्योङ) सङ्कलन गरी ल्याउने गरिन्छ । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरी घरको मूलढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने चलन रहेको छ । परिवारका सदस्यहरूले सबेरै आफ्नो घरमा अन्न, फलफूल र अन्य परिकारको खाना खाएर रमाइलो गर्छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
माघ ३, २०८१ बिहिबार