कर्णाली करिडोरको निर्माण सात वर्षपछि सम्पन्न
नेपालबहस संवाददाता
साउन १, २०७८ शुक्रबार २१:४:५१
१ साउन, मान्म । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण सम्पन्न भएको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म सडकखण्ड नेपाली सेनाले निर्माण गरेर सडक विभागलाई हस्तान्तरण गरेको हो ।
नेपाली सेनाले जिम्मा लिएको सात वर्षपछि निर्माण सकिएको हो । विसं २०७१ चैत ५ गतेदेखि काम शुरु गरेको नेपाली सेनाले सो सडकखण्डको निर्माण कार्य सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई असार ३१ गते हस्तान्तरण गरेको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको कर्णाली करिडोर सडक विभागको हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले जानकारी दिए ।
“करिडोरअन्तर्गत सेनाको जिम्मेवारीमा रहेको काम सम्पन्न गरी सडक हस्तान्तरण गरिएको छ”, उनले भने, “कोरोना महामारीका कारण काम सम्पन्न हुन केही ढिलाइ भएको हो ।” हस्तान्तरण कार्यक्रम बाजुराको तिथिचौरमा आयोजना गरिएको कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्ला खण्डको सडक हस्तान्तरण गर्नुअघि सेनाको निर्माण दलका तर्फबाट कार्की र हिल्सा सिमकोट आयोजनाका तर्फबाट योजना प्रमुख विसुनदास लामाले हस्तान्तरणपत्रमा हस्ताक्षर गरेको थियो । कर्णाली करिडोरअन्तर्गतमा कालीकोटमा ४० किलोमिटर, बाजुरामा ४३ किलोमिटर र हुम्लामा ११३ किलोमिटर रहेको छ ।
कालीकोटको खुलालुदेखि हिल्सासम्म कूल २८१ किलोमिटर लम्बाइ रहेको कर्णाली करिडोरको १२२ किलोमिटर नेपाली सेनाले निर्माण गर्ने जिम्मा लिएको थियो । त्यसमध्ये बाँकी रहेको सलिसल्लादेखि हिल्सासम्मको सडक निर्माणको जिम्मा हिल्सा सिमकोट सडक आयोजनाले लिएको छ । यो राष्ट्रिय गौरवको आयोजना निर्माणमा लागत रु एक अर्ब ६५ करोड ५५ लाख खर्च भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त
मंसिर १७, २०८१ सोमबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार