नेपाली सेनाको साङ्गठनिक पुनः संरचना कार्यान्वयन
नेपालबहस संवाददाता
साउन २, २०७८ शनिबार ६:९:३
१ साउन, काठमाडौं । नेपाली सेनाको साङ्गठनिक पुनः संरचना २०७७/७८ कार्यान्वयनमा आएको छ । सेनाको साङ्गठनिक पुनः सरचना मन्त्रिपरिषद्को असार २४ गते बैठकले स्वीकृत गरेको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा कमाण्ड सेनापतिलाई झण्डा हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सरकारले सैद्धान्तिक स्वीकृति दिएको ३ जोड १ कमाण्ड अवधारणाको निरन्तरताका रुपमा आएको साङ्गठनिक पुनः संरचना २०७७/७८ राष्ट्रिय सुरक्षा नीति र दीर्घकालीन सोच २०८७ समेतका आधार तयार पाएिको हो ।
साङ्गठनिक पुनः संरचनाको पूर्ण कार्यान्वयन भने २०८१ असार मसान्तसम्ममा हुने जानकारी दिइएको छ । चार कमाण्ड हेड क्वाटर आजबाटै पूर्णरुपमा सञ्चालनमा आएका छन् । कमाण्डलाई आवश्यक अधिकृत र सकल दर्जाको दरबन्दी क्रमिक रुपमा आगामी ६ वर्षमा पूरा हुने बताइएको छ ।
सेनाको संवैधानिक र अन्य जिम्मेवारीलाई थप असरदाररुपमा सम्पादन गर्ने लक्ष्य अघि बढाइएको ३ जोड १ कमाण्ड अवधारणा कार्यान्वयनका लागि साङ्गठनिक संरचना आवश्यक रहेको सेनाले जनाएको छ । अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा परिवेश र अन्तर्राष्ट्रिय अभ्याससमेतलाई दृष्टिगत गरी सेनालाई समयानुकूल व्यावसायिक, चलायमान र गतिशील बनाउन साङ्गठनिक सरचना अघि बढाइएको हो ।
नेपालको नदी क्षेत्रमा उद्धार तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रण कार्य गर्नसक्ने क्षमताको विकास र तदर्थ रुपमा स्थापना गरिएका अङ्ग सीमा अनुगमन एवं सर्भे निर्देशनालयलाई समेट्न यसले योगदान दिनेछ । फिल्ड तहमा हाल देखिएका मध्ये क्रमका अधिकृत, पदीक र विल्लादारसमेत वृत्ति विकासमा परेका समस्यालाई सम्बोधन र व्यवस्थापन गर्न साङ्गठनिक पुनः संरचना कोशेढुङ्गा सावित हुने जानकारी दिएको छ ।
साङ्गठनिक पुनः संरचना अघि बढाउने क्रममा सेनामा कायम रहेका विद्यमान कूल सङ्ख्यामा कुनै थपघट नहुने मात्र होइन विशिष्ट श्रेणीको दरबन्दी सङ्ख्यामा पनि कुनै पनि हेरफेर हुने छैन । साङ्गठनिक पुनः संरचना २०७७र७८ कार्यान्वयन भएपछि सञ्चार–प्रविधि, मेडिकल, बन्दोबस्ती, इन्जिनियरिङको क्षमता र अवधारणा गुणस्तरीय हुने सेनाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार