किन हतार गरे देउवाले विश्वासको मत लिन ?
नेपालबहस संवाददाता
साउन ३, २०७८ आइतबार १७:१५:४८
३ साउन , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा आजै विश्वासको मत लिने भएका छन् । फागुन २८ गते सर्वाेच्च अदालतको परमादेशबाट पुनस्थापित प्रतिनिधिसभाको आज बस्ने पहिलो बैठकबाटै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएका हुन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले देउवालाई विश्वासको मत नदिने निर्णय गरेपनि असन्तुष्ट पक्षका नेताहरु भने संसदलाई पूर्ण कार्यकाल बचाउन भन्दै विश्वासको मत दिने पक्षमा छन् ।
उता, जनता समाजवादी पार्टीमा पनि महन्थ– राजेन्द्र पक्षका असन्तुष्ट आधा दर्जन नेताहरुले संसदलाई पूर्ण अवधि चलाउन कित्ता परिवर्तन गरेका छन् । हिजो बसेको उपेन्द्र यादव पक्षको संसदीय दलमा उनीहरु उपस्थित भएकाले आजै विश्वासकाे मत लिंदा उपयुक्त हुने ठहर देउवाले गरेका छन् ।
अहिले सबै पक्षले प्रतिनिधिसभा फेरि विघटन नहोस् भन्ने नै चाहेकाले हतार गरेर विश्वासको मत लिन लागेको पनि देउवा पक्षीय नेताको दावी छ । स्वयं केपी ओलीसमेत अहिले प्रतिनिधिसभा विघटन भएर नयाँ निर्वाचनमा जाँदा आफूलाई समेत ठूलो आघात पुग्ने भन्दै माधव नेपाल पक्षले विश्वासको मत दिओस् भन्ने पक्षमा छन् ।
देउवालाई अपुग मत हाल्ने गरी नेपाल पक्षका नेताहरुलाई सहज वातावरण बनाइदिने दाउ ओलीको देखिन्छ । त्यसैले आजै देउवाले विश्वासको मत लिने अवस्था रहेको छ । नेता नेपाल पक्षले पनि आवश्यक मत मात्रै देउवाको पक्षमा दिने र बाँकी तटस्थ रहने नीति अपनाएको बताइएको छ ।
चाहिने जति मत दिनका लागि आफूहरु तयार रहेको सांसद रामकुमारी झाँक्रीले बताएकी छन् । हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने पत्र बुझाइसकेका छौं, त्यसैले आजै लिने कार्यक्रम बनाइएको पनि उनले बताइन् ।
संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजकै बैठकमा यो प्रस्ताव प्रस्तुत गर्न कार्यव्यवस्था समिति बैठकमा दर्ता गराइसकेको संसद सचिवालय स्रोतले बताएको छ । आज बेलुकी ४ बजे संसद अधिवेशन आह्वान भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार