नेपाल समूह दवावमा, देउवालाई विश्वासको मत दिने तयारी
नेपालबहस संवाददाता
साउन ३, २०७८ आइतबार १७:५२:४१
३ साउन, काठमाडौं । संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएपछि एमालेको माधवकुमार नेपाल समूह दवावमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज डाँकेको ११ बजेको स्थायी कमिटी बैठकमा समेत अनुपस्थित रहेका नेपाल समूहका नेताहरुले विश्वासको मत दिने निश्चित जस्तै भएपनि वरिष्ठ नेता नेपाल पार्टीभित्रका नेताहरुको दवावमा परेका हुन् ।
देउवाले आइतबार नै संसदमा विश्वासको मत लिने तयारी गहेको कांग्रेस सचेतक पुष्पा भुषालले बताएकी छन । योसँगै देउवा सरकारलाई समथर्न गर्ने कि नगर्ने, विश्वासको मत दिने कि नदिने भन्ने विषयले नेपाल पक्षमाथि चर्को दवाव परेको छ । नेपाल पक्षीय नेता भीम आचार्यले सरकारलाई समर्थन गर्ने या नगर्ने, विश्वासको मत दिने या नदिने भन्नेमा छलफल हुन बाँकी रहेको र त्यसबारे नेताहरु तयार हुँदै गरेको जानकारी दिए ।
उनले स्थायी कमिटी बैठक बारे जानकारी नभएको समेत बताए । ‘हामीले बारम्बार बैठक स्थगित गरेर एकताको माहोल मिलाउनु पर्छ भन्ने माग गरेका थियौँ । तर त्यो सुनुवाई भएको छैन । आज कसले कहाँ के बैठक बोलायो त्यसबारे हामीलाई जानकारी छैन ,’ आचार्यले भने ।
यसअघि नेपाल निवासमा नेपाल, सुवास नेम्वाङ र प्रकाश ज्वालाबीच छलफल भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत लिने तयारी गरेसँगै एमालेको माधवकुमार नेपाल समूह विश्वासको मत दिने तयारीमा छन् । संसद जोगाउन पनि देउवालाई विश्वासको मत दिनुपर्ने भएकाले उनीहरुले मत दिन तयार भएको बताएका छन् ।
‘हामी शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षमा छौं, संसद जोगाउन र प्रधानमन्त्रीले जथाभावी गर्नुहुन्न प्रमाणित गर्न पनि विश्वासको मत दिनपर्छ,’ नेपाल समूहमा रहेका सांसद मेटमणि चौधरीले भने, ‘विश्वासको मत दिने बेलासम्म एमालेबाट अहिलेको संख्या बढ्न सक्छ ।’
रिटमा हस्ताक्षर गर्ने २३ सांसदमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे (वारेसमार्फत), भवानी खापुङ, राजबहादुर बुढा, यज्ञराज सुनुवार, विरोध खतिवडा, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, घनश्याम भुषाल, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कल्याणी खड्का, निरादेवी जैरू, लक्ष्मीकुमारी चौधरी र मुकुन्द न्यौपाने थिए । नेपाल समूहकै गोकर्ण विष्ट र योगेश भट्टराईले हस्ताक्षर गरेका छैनन् ।
एमाले स्थायी कमिटीको बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । तर पार्टीभित्रको विवाद कायमै रहेकाले नेपाल पक्षका सांसदहरुले विश्वासको मत दिने भएका हुन् । उनीहरुले संविधानको धारा ७६ को ५ अन्तरगत बनेको सरकार भएका कारण पार्टीको ह्वीप नलाग्ने भएको र सर्वोच्च अदालतले पनि कारवाही गर्न नपाउने आदेश जारी गरेपछि निर्धक्क भएर मत दिने बताएका छन् ।
प्रधानमन्त्री देउवालाई विश्वासको मत लिन र संसद जोगाउन कम्तीमा १३६ सांसद आवश्यक पर्छ । अहिले कांग्रेसको ६१, माओवादीको सभामुखबाहेक ४८ र जसपाको उपेन्द्र–बाबुराम समूहका १२, जनमोर्चा र स्वतन्त्र १÷१ गरी १२३ सांसद छन् । बहुमतका लागि अझै १३ मत अपुग छ । त्यसैले नेपाल समूहको सहयोगबिना देउवाले विश्वासको मत पाउने अवस्था छैन् । यद्यपि आफ्नो पक्षमा ५–७ सांसद बढेको यादवको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार