बिरिङमा पक्की बाँधपछि हट्यो नदी कटान र डुबानको समस्या
नेपालबहस संवाददाता
साउन ४, २०७८ सोमबार १६:५६:१४
४ साउन, झापा । हरेक वर्ष बिरिङ खोलामा आएको बाढीले डुबान र कटानको समस्या झेल्दै आएका बाह्रदशी गाउँपालिकावासीले यो वर्ष भने राहतको महसुस गरेका छन् । बाह्रदशी–५ भएर बग्ने बिरिङ खोलाको पूर्वी क्षेत्रमा पक्की बाँध बाँधिएपछि गाउँपालिकावासीले राहतको महसुस गरेका हुन् ।
सङ्घीय सरकारअन्तर्गत जनताको तटबन्ध फिल्ड कार्यालय गैँडेको रु तीन करोडको लागतमा बिरिङ खोलाको पूर्वी भू–भागमा तटबन्ध गरिएसँगै बाह्रदशीवासी डुबान र कटानको समस्याबाट मुक्त भएको बाह्रदशी–५ का वडाध्यक्ष भूपेन्द्र कटुवालले जानकारी दिए । उनका अनुसार हरेक वर्ष वर्षायाममा वडा नम्बर ५ को पश्चिमी क्षेत्रबाट बिरिङ खोलाको पानी बस्तीमा पसेर डुबान हुने गरेको थियो तर यो वर्ष झण्डै एक किलोमिटर खोलाको तटीय क्षेत्रमा बाँध बाँधेपछि डुबान र कटानको समस्या हल भएको हो ।
“सो वडास्थित बिरिङ खोलाको तटीय भू–भागमा तटबन्ध गरिएसँगै वडा नम्बर ५ सहित १, २, ३ र ४ नम्बर क्षेत्रका बासिन्दा लाभान्वित भएका छन्”,– वडाध्यक्ष कटुवालले भने । यसअघि वडा नम्बर ७ को डाँगीबारी पश्चिम पनि बिरिङ खोलामा पक्की बाँध बाँधेका कारण सिङ्गो डाँगीबारी बजार सुरक्षित भएको छ । अघिल्लो आर्थिक वर्ष यो क्षेत्रमा दुई चरण गर्दै झण्डै रु पाँच करोडको लागतमा बिरिङ खोलामा बाँध बाँधिएको बाह्रदशी–७ का वडाध्यक्ष मित्रराज भट्टराईले जानकारी दिए । हरेक वर्ष बिरिङ खोलामा आउने बाढीले यो क्षेत्रको सयौँ बिघा खेती योग्य जमीन डुबानमा पर्ने गरेको थियो भने नदी कटानको समस्याले बस्ती नै सार्नुपर्ने अवस्था थियो । वडाध्यक्ष भट्टराईले भने, “बिरिङ खोलामा बाँध बाँधेपछि सिङ्गो बाह्रदशीवासी सुरक्षित छौँ ।”
तटबन्ध गरिएको क्षेत्रमा राजमार्ग जोड्ने कृषि सडक निर्माण गर्ने र सडक किनारमा रुद्राक्षका बिरुवा लगाउने योजना रहेको बताइएको छ । खोला किनारमा तटबन्धसँगै कृषि सडक निर्माण गरेको खण्डमा कृषकलाई समेत आफूले उत्पादन गरेको अनाज घर र बजार लान सहज हुने बताइएको छ । खोला किनारमा वृक्षरोपणका लागि डिभिजनल वन कार्यालय झापालाई रुद्राक्षको बिरुवा उत्पादन गर्न सहयोग पुर्याइदिन आग्रहसमेत गरिएको वडाध्यक्ष कटुवालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
विनोद त्रिपाठी
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १२, २०८१ शनिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
यस्ता छन् अलसरका लक्ष्यणहरु, यसबाट बच्न के गर्ने ?
जेठ १२, २०८१ शनिबार
पाकिस्तानको टी-२० विश्वकप टिमको घोषणा
जेठ १२, २०८१ शनिबार
हेटौँडामा बसको ठक्करबाट एक जनाको मृत्यु
जेठ १२, २०८१ शनिबार
गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?
जेठ १२, २०८१ शनिबार
स्वास्थ्यमा समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना
जेठ १२, २०८१ शनिबार
भारतको लोकसभाको छैटौं चरणको मतदान आज
जेठ १२, २०८१ शनिबार