साउनको पहिलो सोमबार पशुपतिमा बिहानैदेखि भक्तजनहरुको भीड
नेपालबहस संवाददाता
साउन ४, २०७८ सोमबार १८:३६:४९
४ साउन, काठमाडाैं । आज यस वर्षको साउन महिनाको पहिलो सोमवार । हिन्दू महिलाले शिवको पूजा आराधना गरी मनाउँदै छन् । साउनको पहिलो सोमबार पशुपतिनाथमा बिहानैदेखि भक्तजनहरुको भीड
साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भीड लाग्ने गरे पनि कोरोना भाइरसको संक्रमणका कारण शिवालयमा दर्शनार्थीको उपस्थिति न्यून छ । तर बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरु शिव पूजनका लागि फूलमाला र अक्षता बोकेर पशुपतिनाथ पुगेका थिए ।
मूल मन्दिर बन्द भएका कारण भक्तजनहरुले पूजा गर्न पाएनन् । तर भक्तजनहरुले वरपरका मन्दिर परिक्रमा र मूर्ति पूजा गर्दै शिवलिङ्गमा जल चढाएर महादेवको पूजा गरेका छन् ।
साउने सोमबारको व्रत बसी शिवजीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउनको पहिलो सोमवार दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरले बन्द मन्दिर साउनमा पनि नखुलेको हो । विज्ञले कोरोनाको जोखिम कायमै रहेकाले घर घरमा नै बसेर शिवको आराधना गर्न आग्रह गरेका छन् । यस्तै, साउन महिना लागेसँगै हरियो, पहेँलो चुरा तथा पोतेको खरिद बिक्री केही बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
माघ ३, २०८१ बिहिबार
चीनमा स्मार्ट फोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर
माघ ३, २०८१ बिहिबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार