बाँकेमा बाढी र डुबानबाट हुने जोखिम कम गर्न पूर्वतयारी
नेपालबहस संवाददाता
साउन ६, २०७८ बुधबार १८:३०:५५
६ साउन, राँझा । बाढी र डुबानबाट हुने जोखिम कम गर्न बाँकेमा आवश्यक स्रोतसाधन र तालीम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको छ । बाढी र डुबानको उच्च जोखिममा रहेको बाँकेमा हुनसक्ने धनजनको क्षतिलाई कम गर्न यसवर्ष आवश्यक स्रोतसाधन र तालीम प्राप्त जनशक्ति तयारी अवस्थामा राख्नुका साथै बाढीबाट सर्वसाधारणलाई जोगाउने पर्याप्त पूर्व तयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
उनका अनुसार, बाँकेमा गृह मन्त्रालय, केयर नेपाल र एक्सन एड नेपाललगायतका संघ संस्थाले विभिन्न किसिमका २२ हजार ७६९ थान विपद् उद्धार तथा राहत सामग्री भण्डारण गरिएको छ । नेपालगञ्जस्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेको भण्डारण कक्षमा १०० सेट गैर खाद्य सामग्री तयारी अवस्थामा रहेको छ, भने नेपाल खाद्य संस्थान नेपालगञ्जमा ३५० मेट्रिक टन खाद्यान्न, साल्टट्रेडिङमा ३० हजार मेट्रिक टन नून मौज्दात छ । बाढी र डुबानबाट हुनसक्ने जोखिमलाई मध्यनजर गरेर र राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा पाँच–पाँच, डुडुवामा तीन, नेपालगञ्जमा दुई र अन्य स्थानीय तहमा एक–एकवटा गरी बाँकेका आठ वटै स्थानीय तहमा १९ वटा हेलिप्याड तयारी अवस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार, बाढी र डुबानबाट हुनसक्ने जोखिमको पूर्व तयारीस्वरुप बाँकेमा १२ थान रबरबोट तयारी अवस्थामा राखिएको छ । बाढीपीडितको उद्धारमा खटिनका लागि दुई हजार ५५० तालीम प्राप्त जनशक्ति तयारी अवस्थामा रहेको छ । समितिका अनुसार नेपाली सेनाका ११५ जना जनशक्ति तालीम प्राप्त छन् ।
यस्तै, नेपाल प्रहरीसँग १५ जना, सशस्त्र प्रहरीसँग ५० जना र नेपाल रेडक्रस सोसाइटी, बेस, बिगु्रप, बाँके युनेस्को क्लब, आइएनएफ आदि संस्थासँग २७३ जना तालीम प्राप्त जनशक्ति मौजुद रहेका छन् । यस बाहेक नेपाली सेनाका एक हजार, नेपाल प्रहरीका ७००, सशस्त्र प्रहरीका ८०० र रेडक्रस सोसाइटी, बेस, बिगु्रप, बाँके युनेस्को क्लब, आइएनएफ आदि संस्थाका ५० जना जनशक्ति उद्धारमा खटिन तयारी अवस्थामा रहेको विपद् व्यवस्थापन समितिका सूचना अधिकृत ज्ञवालीले बताए ।
राप्ती नदीलगायत अन्य साना ठूला खोलामा आउने बाढीका कारण बाँकेका ११४ गाउँ उच्च जोखिममा छन् । आठ स्थानीय तहमा पर्ने ३५ वडाका ११४ गाउँ राप्ती नदी, डुडुवा खोला, मानखोलालगायत साना–ठूला खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्शाङकन गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको हो ।
जिल्लामा सबैभन्दा धेरै राप्ती सोनारीका नौवटै वडाका ४३ गाउँ, नरैनापुर गाउँपालिकाका पाँच वटा वडाका २० गाउँ बाढीको जोखिममा रहने गरेका छन् । बैजनाथ गाउँपालिका वडा नं २, ३, ४, ५, ६, ७ र ८ वडाका केही स्थान बाढीको जोखिममा रहेको ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार, जानकी गाउँपालिका– वडा १ एकको साइगाउँ, शिवपुरी, पन्चपोखरा, बढैया गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं २० मा पर्ने मदनापुर डुडुवा खोलाको जोखिममा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदुरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
असोज २, २०८१ बुधबार
लगातारको वर्षापछि महाकाली नदीको जलसतह उच्च
भदौ २८, २०८१ शुक्रबार
बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते
भदौ २७, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार