जनप्रिय मावि बाढीको उच्च जोखिममा
नेपालबहस संवाददाता
साउन ८, २०७८ शुक्रबार २१:४०:३१
८ साउन, मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि वर्षा हुनेक्रम जारी रहेकाले बाँकी रहेका संरचनामा क्षति भइरहेको छ ।
लगातारको वर्षाले गर्दा सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय मस्र्याङ्दी नदीमा आएको बाढीको चेपटामा परेको छ । बाढीले ल्याएको काठ, ढुङ्गा र बालुवा मोटरेबल पुलमा अड्किँदासमेत प्रशासनले हटाउने प्रयास नगर्दा बस्तीतर्फ कटान भएको स्थानीयवासीको गुनासो छ । विपद्को अवस्थामा समेत विपद् व्यवस्थापन समितिले चासो नदिँदा बस्तीतर्फ बाढी पसेको उनीहरुको भनाइ छ ।
बाढीसँगै आएको काठ, ढुङ्गा र बालुवा चामेको मोटरेबल पुलमा अड्किएर बस्तीतर्फ कटान गरेपछि विद्यालय उच्च जोखिममा परेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए । बाढीले बस्तीतर्फ कटान गर्न थालेपछि विद्यालयमा बढी क्षति पुगेको उनले बताए ।
चामेका चार विद्यालयलाई गाभेर आवाससहितको एउटा मात्रै जनप्रिय मावि बनाइएको थियो । विद्यार्थीलाई सहज बनाउनका लागि आवासीय बनाए पनि जनप्रिय बाढीको उच्च जोखिममा रहेकाले समस्या थपिएको उनले बताए । भौतिक संरचनाले नै व्यवस्थित बनाएको विद्यालय जोखिममा पुगे पनि सरकारको चासो अझैसम्म नपुगेको उनी बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार