सेनाकै जवानद्धारा सेनाका हवल्दार गुरुङको हत्या
नेपालबहस संवाददाता
साउन ८, २०७८ शनिबार १:५४:१३
८ साउन, चितवन । भरतपुर महानगरपालिका–१७ सिमलडाडाँ खेतमा बिहीबार बिहान मृतावस्थामा भेटिएका नेपाली सेनाका हवल्दार भरत गुरुङको हत्या सेनाकै जवानले गरेको खुलेको छ ।
पक्राउ पर्नेमा भरतपुर–२१ का २६ वर्षीय गंगाधर ढकाल छन् । धादिङ निलकण्ठ नगरपालिका–१३ का ३६ वर्षीय गुरुङ र ढकाल दि फेमस महेन्द्रदल गण शिवपुरीमा कार्यरत थिए ।
जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ढकालले जग्गा किन्न भनि आएका गुरुङ्लाई बिहीवार बिहान झोलामा रहेको हतियार निकालेर मोटरसाइकल पछाडि बसिरहेका अवस्थामा हत्या गरेको जानकारी दिइयो ।
प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले ढकालले गुरुङ मोटरसाईकलबाट लडेपछि बोकेर सात–आठ मिटरको दूरीमा रहेका कुलोमा फालेर फरार भएको जानकारी दिए ।
अभियुक्त ढकाललाई भरतपुर–२० चनौलीबाट पक्राउ गरिएको उनले बताए । उनले ढकाललाई मुलुकी अपराधसंहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धि कसुर अन्तर्गत जन्मकैदको माग दावी गर्दै मुद्दा दर्ता गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार