इमाडोल–लामाटार सडक: अब ६० मिटर बनाउन बाँकी
नेपालबहस संवाददाता
साउन १०, २०७८ आइतबार १९:३२:४३
१० साउन, काठमाडौं । बिस्तारका क्रममा रहेको इमाडोलबाट सिद्धिपुर हुँदै लामाटारसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण शुरु भएको चार वर्ष बित्न लाग्दा सात किमी लम्बाइको सो सडकमा झण्डै ६० मिटर मात्रै बनाउन बाँकी छ । गोदावरी खोला नजिकै रहेको एउटा घर भत्काउन ढिलाइ हुँदा सो सडक सम्पन्न हुन नसकेको काठमाडौँ चक्रपथ बिस्तार आयोजनाले जनाएको छ ।
केही समय अगाडि महालक्ष्मी नगरपालिकाले सो घर हटाएको थियो । अहिले सो क्षेत्रमा सडक निर्माणका लागि पर्खाल लगाउने काम जारी रहेको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए । उनले भने, “अहिले अरु काम सकिएपछि वर्षापछि कालोपत्र गर्न सकिन्छ ।”
सो सडक २० मिटर चौडाइमा बिस्तार गर्ने गरी ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ ।सडकमा पैदलयात्रु मार्ग र ढलसमेत निर्माण गर्ने सम्झौतामा उल्लेख थियो । तोकिएको मापदण्डानुसार चौडाइमा सडक बिस्तार गर्ने निर्माणस्थल खाली गर्न नसकिएकाले लामो समयसम्म पनि निर्माण अघि बढ्न नसकेको हो । ठेक्का सम्झौता गरिएपछि नै निर्माणस्थल खाली गर्न थालिएको थियो ।
यसपछि निर्माणस्थलमा रहेका रुख, बिजुलीको खम्बालगायतका विभिन्न संरचना हटाउन नसकिएको आयोजनाले जनाएको छ । सर्बोच्च अदालतलले बिस्तारका सडकमा जतिजति सडक उपलब्ध हुन्छ त्यसैमा कालोपत्र गर्ने दुई वर्ष अगाडि आदेश दिएको थियो । आयोजनाले यसैका आधारमा बिस्तार अघि बढाइरहेको प्रमुख अधिकारीले जानकारी दिए ।
यो सडक निर्माणको जिम्मेवारी डाँफे समानान्तर जेभी, आशिस सिएम ड्रागन जेभी र लामा समानान्तर जेभीले संयुक्तरुपमा पाएका थिए । आयोजनाले झण्डै पाँच वर्ष अगाडिदेखि काठमाडौं उपत्यकाका १० सडक र दुई सडक पुलको विस्तारको काम शुरु गरेको थियो । तीमध्ये अधिकांश स्थानमा तोकिएको अवधिमा निर्माण सम्पन्न हुन सकेको थिएन । बिस्तारका सडकमध्ये त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गासम्मको सडक मात्रै सम्पन्न भएर डिभिजन सडक कार्यालयमा हस्तान्तरण भएको छ । बिस्तार शुरु भएका बिजुलीबजार र तीनकुने पुलमध्ये बिजुलीबजार पुल सम्पन्न भएर सञ्चालनमा आइसकेको छ भने तीनकुनेस्थित पुलको ठेक्का सम्झौता रद्द भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त
मंसिर १७, २०८१ सोमबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार