ओली–नेपाल भेट अनिश्चित
नेपालबहस संवाददाता
साउन १०, २०७८ आइतबार २०:२८:५१
१० साउन, काठमाडौं । दुुई तिहाई नजिकको केपी ओली नेतृत्वको सरकार अहिले अस्तित्वमा छैन । पाँच महिना अघिसम्म १७४ जना प्रतिनिधिसभा सदस्यका नेता रहेका ओल यतिबेला केवल ८३ जनामा खुम्चिएका छन् ।
यसको मूलकारण हो–सत्ताउन्माद । ओली सत्तामा पुुगेपछि कतै नभएको अहंकार पैदा भयो । त्यसैको राप र तापले नेकपा मात्रनभई नेकपा एमाले समेत तहस नहस बनेको छ ।
झण्डै साढे तीनवर्ष बालुवाटारमा राज गरेका ओली अहिले बालकोटको बार्दलीका गर्जन थालेका छन् । उनको कुण्ठा र हूँकार अझै उस्तै छ । कहिले माधव नेपाललाई लाल गद्धार भन्छन् त कहिले राजर्षी ठाँटमा आममाफीको घोषणा गर्छन् । ओलीको यही मतिले अहिलेको दुर्गतीभएको हो ।
सत्तामा रहेका बेला ओलीको उन्माद विस्तारै शिथिल भएजस्तो लाग्छ । तर यथार्थ भने बेग्लै छ । ओली बदलाभावबाट ग्रस्त छन् । तर सत्ता नै गुुमेपछि भने ओली पनि विचलित देखिएका छन् । आफूलाई सत्ताच्यूत गर्ने माधव नेपाल प्रति ओलीजति क्रुद्ध छन्, त्यो भन्दा बढी भावी राजनीतिक गतिविधिप्रति सचेत देखिएका छन् ।
गएको साता सम्पन्न केन्द्रीय कमिटी बैठकमा सातै प्रदेशबाट प्राप्त सूचनाले गर्दा ओली अली गलितबनेका हुन् । ओलीलाई रिपोर्ट गर्नेहरुले भने– माधव नेपाल बिनाको एमाले भुत्ते हुनेछ । त्यसले गर्दा ओलीको बोली संयमित बनेको हो । तर भाषा र शव्दावलिको प्रयोग भने ओलीको अझै उस्तै छुुद्र नै छ । त्यसैको पछिल्लो श्रृंखला हो – एम्नेष्टी इज ग्राण्टेड, अर्थात अपराधीहरुलाई आममाफी ।
यस्तै परिवेशमा पार्टी एकताको लागि ओली थोरै लचक देखिए पनि नेता नेपालभने अटल छन् । ओलीको स्वार्थका खातिर बिना आधार एकताको पक्षमा नरहने उनको सोच प्रष्टै छ । त्यसैले नेता नेपाल हिजो सत्ताधारीहरुको गठबन्धनमा भागलिन बालुवाटार पुगे ।
नेता नेपाल बालुवाटार पुुग्दा ओलीलाई भने भाउन्न भएको छ । आफू प्रधानमन्त्री रहँदा एकै दिन बालुवाटार नछिरेका नेपाल देउवालाई भेट्न बालुवाटार मात्र नभई बूूढानिलकण्ठसम्मै धाउन्ती गर्न हौसिएकाले ओलीलाई थामिनसक्नेगरी रिस उठेको छ । हिजो नेपालको बालुवाटार गमनलाई ओलीले ब्यङ्ग कस्दै भनेका छन्– घरको भातभन्दा छिमेकीको जुठो प्यारो लाग्नेसँग के लाग्दो रैछ र बरी लै ।
नेता नेपाल ओलीसँग विरक्तिए पछि एमालेको एकता अभियान फेरि अल्मलिएको छ । हिजो ओलीले माधव नेपाल बाहेकको एमाले चाहेका थिए । तर परिस्थिति बन्यो उल्टो । नेपाल बाहेकको एमाले आमकार्यकर्ताले रुचाएनन् । त्यसैले ओली वाध्यभएका छन् । तर नेपालको मन कुँढिएकै छ । उनले अझै ओली प्रति विश्वास र भरोशा गर्न सकिरहेका छैनन् ।
त्यसैले गएको साताबाटै ओलीसँगको भेटघाटका लागि नेता नेपालले रुचि देखाएनन् । नेताद्वय भीम रावल र सुभाषचन्द्र नेम्बाङले ओली र नेपालबीच भेट गराउन ठूलै प्रयत्न गरे । तर सफल भएनन् । किनभने नेपालले ओलीसँग भेट्नुको औचित्य नै देखेनन् ।
ओलीसँग ठोस कार्यक्रम र योजना बिना भेट्नुको कुनै अर्थ नरहेको उनको बुुझाई छ । बरु नभेट्दै राम्रो । किनभने ओलीसँग भेट्नु भनेको समयको बर्बादीमात्रै हो ।
ओलीले गएको साता नेता नेपाललगायत २२ जना सांसद्प्रति गरेको भद्धा टिप्पणी नै यसको कारक बन्यो ।
ओलीले अपराधीलाई आममाफीभन्ने वित्तिकै नेपाल पक्ष बम्किएको छ । त्यसको भोलिपल्टै नेता नेपालले महाराजधिराजले आममाफी बक्सेछ भन्दै ओलीप्रति कटाक्ष गरे । ओलीको त्यही बिझाउने शव्दले बन्नलागेको भेटघाटको वातावरण फेरि बिथोलिएको छ ।
ओलीले दिएको आममाफीले दास र मालिकको हैसियत जस्तो बनाएको बुझाई नेपालपक्षको रहेको छ । ओलीले अरुलाई सहकर्मी या योद्धा भन्दा विशुद्ध दासको रुपमा स्वीकारेको बुझाई उनीहरुको रहेको छ ।
ओली सरकार ढल्नुमा दोषी माधव नेपाल होइन । त्यसको प्रमुख कारण नै ओली आफैं हुन्– नेपालपक्षीय नेता विरोध खतिवडा भन्छन् । पटक पटक प्रतिनिधिसभा विघटन गर्दा एक शब्द पार्टी नेताहरुसँग सल्लाह नगर्नेले नैतिकताको कुरा गर्न नसुहाउने उनको तर्क छ । दुुई पटक सर्वाेच्च अदालतले बदर गर्दासमेत नकचरो जस्तो पदमा लिसो जस्तो टाँस्सिने प्रवृत्ति नै समस्याको जड भएको उनको बुझाई छ ।
यथास्थितिमा ओलीसँग नेता नेपालले भेट्ने अवस्था र कारण नरहेको उनी बताउँछन् । अहिले केकालागि भेट्ने ? न कुनै मुद्धा छ, न विषय नै – खतिवडाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार