योजना आयोगको उपाध्यक्षमा डा. पौडेल नियुक्त, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेरिए
नेपालबहस संवाददाता
साउन १२, २०७८ मंगलबार २३:४७:२
१२ साउन, काठमाडौं । प्रधानमन्त्री अध्यक्ष रहने तथा सरकारका आर्थिक नीति एवं रणनीतिक कार्यक्रमहरु तयार गर्ने राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । त्यस्तै, योजना आयोगका सदस्यहरूमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
अर्थशास्त्री तथा बीपी विचारका अध्येता पौडेल निभर्सिटी अफ क्यालिफोर्निया (वर्कले) बाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी काठमाडौं विश्वविद्यालयमा एसोसिएट भिजिटिङ प्रोफेसरका रूपमा अध्यापनरत छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यूवा अर्थविद पौडेललाई उपाध्यक्ष नियुक्त गरेको हो । राज्यमन्त्री सरहको आर्कषक मानिने उक्त पदमा पूर्व गर्भनर डा. तिलक रावल, पूर्व उपाध्यक्ष डा. शंकर शर्मा लगायतको नाम चर्चामा आएको थियो ।
यस्तै मंगलबारकै मन्त्रिपरिषद बैठकले गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ । गण्डकीमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।
सरकारले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार