मानवीयपन कायम राखी प्रशिक्षण प्रदान गर्न प्रहरी महानिरीक्षक थापाको निर्देशन
नेपालबहस संवाददाता
साउन १३, २०७८ बिहिबार २:२:३६
१३ साउन, काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकसँग रहेको मानवीयपन कायम राखी त्यही जगमा दक्ष प्रहरी जनशक्ति तयार गर्न प्रशिक्षण प्रदान गर्नुपर्ने बताएका छन् । सोही अनुरुप तयार भएका दक्ष प्रहरी जनशक्ति कहिल्यै खराब नहुने विचार उनले व्यक्त गरे ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी अधिकृत आधारभूत तालिम १-१८१औं समूह र र ‘Post Graduate Diploma In Police Sciences (PGDPS)’ कार्यक्रम समावेश भएको (PGDPS १२औं ब्याच) को प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त विचार व्यक्त गरेका हुन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले व्यावसायिकताको शिखरसम्म पुर्याउन निर्धारित आधारभूत तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गर्दै प्रशिक्षणलाई संगठनले थोपरेको एउटा आधारभूत तालिमको रुपमा मात्र ग्रहण नगरिकन यसले नेतृत्व तहमा पुर्याउनको निम्ति योगदान दिने हुनाले प्रशिक्षणलाई विशेष रुपमा ग्रहण गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरेका थिए ।
नयाँ प्रशिक्षार्थीहरुलाई संगठनको हित तथा विकासको लागि उचित प्रशिक्षण दिन प्रशिक्षकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रशिक्षार्थीहरुमा भएको असल व्यवहार नमेटिने किसिमले प्रशिक्षण प्रदान गर्नुपर्ने बताए । व्यक्तिगत परिचय भन्दा पनि संगठनको सदस्यको हैसियतमा सेवा प्रवेश गरेका प्रशिक्षार्थीहरुले प्रशिक्षणसँगै नागरिक केन्द्रीत सेवामा समर्पित हुन आफ्नो व्यवहारमा परिवर्तन गर्दै जानु जरुरी रहेको उनले उल्लेख गरे ।
उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले धन्यवाद ज्ञापन गर्दै प्रहरी निरीक्षक आधारभूत तालिमलाई प्रतिष्ठानले विशेष महत्वका साथ संचालन गर्नुका साथै गुणस्तरीय प्रहरी जनशक्ति उत्पादन गर्न सदैव कटिबद्ध रहेको बताए । संगठनमा तालिमको विशेष महत्व हुने भएकोले परिश्रमकासाथ अनुशासित, लगनशील एवं मर्यादित रही अपेक्षित सफलता हासिल गर्न उनले प्रशिक्षार्थीहरुलाई निर्देशन दिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा.डिल्लीराज शर्माले नेपाल प्रहरी देश सेवाको गरिमा बोकेको संगठन भएको चर्चा गर्दै व्यवस्थापकीय शिक्षा महत्वपूर्ण र हरेक क्षेत्रमा अति आवश्यक भएकाले प्रहरी निरीक्षक तालिममा यो समावेश गरिएको बताए ।
सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. देव बहादुर बोहराले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै खुल्ला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीयतर्फका प्रहरी निरीक्षक १ सय १३ जना र खुल्लातर्फबाट नवनियुक्त प्रहरी निरीक्षक ३६ जना गरी कूल १ सय ४९ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुको तालिममा सहभागिता रहेको जानकारी दिएका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, त्रिभुवन विश्वविद्यालय तथा (PGDPS) कार्यक्रमका सल्लाहकार प्रा.डा.राजीव विक्रम राणा, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार