नेपालमा बलात्कार र आत्महत्या गर्नेको संख्यामा बृद्धि
नेपालबहस संवाददाता
साउन १४, २०७८ बिहिबार १८:३८:१
१४ साउन, काठमाडौं । पछिल्लो चार वर्षमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग र आत्महत्याका घटना १८ देखि २५ प्रतिशतसम्मले बृद्धि भएका छन् । नेपाल प्रहरीले बुधबार सार्वजनिक गरेको चार वर्षको तथ्यांक अनुसार जबरजस्ती करणी र आत्महत्याका घट्नामा वृद्धि भएका देखिएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरका अनसार पछिल्लो चार वर्षको अवधिमा कर्तव्य ज्यानका मुद्धा २५ प्रतिशतले बृद्धि भएका छन् । आर्थिक वर्ष ०७४/०७५ मा ६ सय २८ वटा कर्तव्य ज्यानका मुद्धा दर्ता भएकोमा ०७५/०७६ मा बढेर ६ सय ५९ पुगेको छ ।
यस्तै ०७६/०७७ मा घटेर पाँच सय ५५ पुगे पनि ०७७/०७८ मा भने बढेर ६ सय ९७ पुगेको थियो । ज्यान मार्ने उद्योगका घटना पनि २० प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७४–०७५ मा सात सय २८, ०७५/०७६ मा नौ सय २७, ०७६/०७७ मा आठ सय ६९ र २०७७/०७८ मा एक हजार ५१ वटा ज्यान मार्ने उद्योगका घटना भएका छन् ।
जवरजस्ती करणीका घटना १८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७४/०७५ मा एक हजार चार सय ८० वटा घटना भएकोमा ०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा एकै वर्षमा ५० प्रतिशतले अर्थात सात सय ५० वटा घटना बृद्धि भएर दुई हजार दुई सय ३० वटा घटना भएका छन् ।त्यस्तै ०७६/०७७ मा दुई हजार एक सय ४४ वटा जवरजस्ती करणीका घटना भएकोमा ०७७/०७८ मा दुई हजार पाँच सय ३४ वटा घटना भएका छन् ।
आत्महत्याका घटना पनि १४ प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष ०७४/०७५ मा पाँच हजार तीन सय १७ वटा घटना भएकोमा ०७५/०७६ मा पाँच हजार सात सय ५४, ०७६/०७७ मा ६ हजार दुई सय ४१ र ०७७–०७८ मा सात हजार एक सय १७ वटा घटना भएका छन् । गत वर्ष दैनिक औसत १९ जनाले आत्महत्या गरेका पाइएको छ । गत वर्ष आत्महत्याका सात हजार एक सय १७ वटा घटनामध्ये सबैभन्दा बढी झुन्डिएर पाँच हजार सात सय २० जनाले आत्महत्या गरेका छन् भने दोस्रोमा विष खाएर एक हजार दुई सय ७६ जनाले हाम फालेर ४६ जनाले, पानीमा हाम फालेर ३६ जनाले, आगो लगाएर १९ जनाले, हातहतियार औजारबाट १८ जनाले र करेण्ट लगाएर दुई जनाले ज्यान गुमाएका छन् ।
जवरजस्ती करणी उद्योगका घटना पनि छ प्रतिशतले बृद्धि भएका छन् । आर्थिक वर्ष ०७४/०७५ मा सात सय २७, ०७५/०७६ मा सात सय ८६, ०७६/०७७ मा छ सय ८७ र ०७७/०७८ मा सात सय ३५ वटा घटना भएका छन् । लागु औषध पनि चार प्रतिशतले बृद्धि भएको छ ।आर्थिक वर्ष ०७४/०७५ मा तीन हजार ८८, ०७५/०७६ मा तीन हजार सात सय दुई, ०७६/०७७ मा दुई हजार आठ सय ८५ र ०७७/०७८ मा तीन हजार १३ वटा घटना प्रहरीमा दर्ता भएका छन् । प्रहरीको तथ्यांक अनुसार जबरजस्ती करणीका प्रतिदिन औसतमा सात वटा घटना दर्ता भएका छन् ।
सबैभन्दा बढी संगठित अपराध ४६ प्रतिशतले घटेको छ । प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४/०७५ मा १७ वटा संगठित अपराधका घटना भएकोमा ०७५/०७६ मा १२ वटा, ०७६/०७७ मा २६ वटा र ०७७/०७८ मा १४ वटा घटना भएका छन् । दोस्रोमा बैंकिङ कसुरका घटना पनि २८ प्रतिशतले घटेको छ ।
आर्थिक वर्ष ०७४/०७५ मा सात सय ७६ वटा बैंकिङ कसुरका घटना भएकोमा ०७५/०७६ मा तीन हजार एक सय ६७, ०७६/०७७ मा तीन हजार तीन सय नौ र ०७७/०७८ मा दुई हजार तीन सय ७३ वटा घटना भएका छन् । एसएसपी कुवरका अनुसार त्यस्तै मानव बेचविखन तथा ओसारपसारका घटना २५ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०७४/०७५ तीन सय आठ, ०७५/०७६ मा दुई सय ४७, ०७६–०७७ मा एक सय ६४ र ०७७/०७८ मा एक सय २२ घटना भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार