कति लागतमा निर्णाण हुँदैछ पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन ?
नेपालबहस संवाददाता
साउन १४, २०७८ बिहिबार १८:२:१२
१४ साउन, काठमाडौं । नवलपरासी-बर्दघाट सुस्ता पश्चिम)स्थित पृथ्वीचन्द्र अस्पतालको सुविधासम्पन्न नयाँ मुख्य भवन निर्माण कार्य शुरु गरिएको छ । पूर्वाधार अभावका कारण सेवा प्रवाहमा असहजता हुँदै आएको यस अस्पतालका लागि लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि मुख्य भवन निर्माण गरिन लागेको हो ।
नयाँ भवनको आर्थिक मामिला एवं योजनामन्त्री बैजनाथ चौधरीले शिलान्यास गरेका हुन् । स्वास्थ्य सेवालाई थप सृदृढ र प्रभावकारी बनाउन पूर्वाधार निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको उनले बताए ।
लुम्बिनी प्रदेशको ग्रामीण तथा शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय रुपन्देहीले अस्पताल भवनका लागि २० करोड ७८ लाख १६ हजार बजेट विनियोजन गरेकामा निर्र्माण कम्पनीले १३ करोड ६६ लाख ८८ हजारमा निर्माणको जिम्मा लिएको शहरी विकास तथा भवन कार्यालयका प्रमुख गोविन्द गौतमले जानकारी दिए।
पचास श्ययाको तीन तले भवन, पार्किङ्स्थल, पर्खाल तथा हरियाली बगैँचा निर्माण हुने गौतमले बताए । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त भवन निर्माणको जिम्मा श्यामसुन्दर/एनबी जेबी काठमाडौँले पाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार