बुटवलमा अस्वस्थकर ८० किलो मासु बराबर गरि नष्ट
नेपालबहस संवाददाता
साउन १५, २०७८ शुक्रबार १७:३५:२७
१५ साउन, रुपन्देही । बुटवलमा अस्वस्थकर मासु बिक्री हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक गुमादेवी आचार्यको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा कतिपय पसलमा अस्वस्थकर र सडेको मासु बिक्रीका लागि राखिएको पाइएको हो ।
पशु चिकित्सक, उपभोक्ता अधिकारकर्मी, उद्योगी, व्यावसायिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि सम्मिलित अनुगमन समितिले बिहीबार यहाँका विभिन्न मासु पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कतिपय पसलमा सडेको अवस्थाका पाइएका माछा, मासु तथा मासुजन्य पदार्थ नष्ट गरिएको अनुगमन समिति संयोजक आचार्यले जानकारी दिए ।
अनुगमनका क्रममा बुटवल–६ स्थित बाबा फ्रेस हाउस, सोही वडाको ताहिर मासु पसल, बुटवलकै नेपालगञ्ज रोडस्थित सद्दाम मासु पसल र कुरैसी मासु पसललगायतका पसलबाट ८० किलो बराबरको सडेको, अस्वस्थकर अवस्थाको माछा, मासु नियन्त्रणमा लिएर नष्ट गरिएको उनले बताए। पसल सञ्चालकलाई स्वस्थकर मासु बिक्री गर्न तथा सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ ।
अनुगमनका क्रममा बुटवलको नेपालगञ्ज रोडमा रहेको एउटै माछा पसलबाट ३८ किलो माछा र अस्पताललाइनस्थित भुडकी चोकमा रहेको एउटै मासु पसलबाट २५ किलो मासु नियन्त्रणमा लिएर नष्ट गरिएको अनुगमन समितिले जनाएको छ ।
नेपालगञ्ज रोडमा रहेको सद्दाम माछा एण्ड मासु पसलमा ३८ किलो माछा तथा भुडकी चोकमा रहेका ताहिर मासु पसलमा अनुगमन गर्दा २५ किलो मासु सडेको र खसी तथा बोकाको भनेर बाख्रीको मासु बिक्रीका लागि राखिएको पाइएपछि उक्त मासु नष्ट गरिएको थियो । यस्तै बुटवलको सब्जीमण्डीमा रहेका सटरमा दुर्गन्ध फैलाउने गरी मासु पसल सञ्चालन भएको पाइएपछि सुधार गर्न निर्देशन दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा
मंसिर १३, २०८१ बिहिबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
काभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार