बराबरी हैसियत दिन ओली असहमत: माधव नेपाल नयाँ दल खोल्ने तयारीमा !
नेपालबहस संवाददाता
साउन १७, २०७८ आइतबार १७:२५:१
१७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब माधवकुमार नेपाललाई पर्खेर नबस्ने बताएका छन् । शनिवार स्थगन गरेको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । आजको बैठकबाट माधव नेपाल समूहलाई नपर्खने गरी अघि बढ्ने ओली समूहको तयारी रहेको छ । नेपाल समूहकै नेताहरुको आग्रहमा शनिवारको बैठक स्थगित गरिएको भएपनि आज आइतबार भने बैठक अघि बढ्ने बताइएको छ ।
बराबरी हैसियत दिन ओली असहमत भएपछि नेपालसँग अर्को दल खोल्नुको विकल्प नभएकाले नेपाल समूह नयाँ दलको तयारीमा लागेको स्रोतको दावी छ । विघटित कार्यदलका नेताहरु केपी ओली र माधवकुमार नेपालबीच वार्ता गराउन प्रयासरत रहे पनि नेपालले बिना एजेण्डा ओलीसँग नभेट्ने बताएका छन् । आफू निकट कार्यदलका सदस्यहरुसँग नेपालले १० बुँदे सहमति र अर्को वा दोस्रो अध्यक्ष जे भने पनि स्वीकार्य नहुने शनिवार पनि बताएका थिए ।
नेता नेपालले ओली अन्तर्गत बस्न आफू तयार नरहेको कार्यदलका दुवै पक्षका नेताहरुलाई बताएका छन् । त्यसैले एमाले एकता प्रक्रिया पेचिलो बनेको हो । नेपाललाई एमालेमा कुनै स्थान नरहेको भनेर अध्यक्ष ओलीले शनिवार नै बताएपछि वातावरण थप बिग्रिएको नेपाल निकट कार्यदल सदस्यहरुको भनाइ छ । आजको स्थायी कमिटी बैठक विधान महाधिवेशनको तयारी, केन्द्रीय विभागहरु गठन र सदस्यता नविकरण लगायतका सांगठनिक विषयमा केन्द्रित हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।
एमाले–माओवादी एकीकरण र त्यसपछि बनेको नेकपामा अलग–अलग समीकरणले एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको टकराव बढ्दै जाँदा एमालेको पार्टी र संगठन ध्वस्त हुन थालेको हो । ‘उहाँहरुको व्यक्तिगत टकरावका कारण संगठन विस्तार र निर्माण दुवै हुन सकेको छैन, संगठन नभएपछि पार्टी नै ध्वस्त हुने अवस्थामा पुगको छ’, एमालेका एक स्थायी कमिटी सदस्यले भने ।
शनिवार बैठक बसे पनि एजेण्डामा प्रवेश गरेको थिएन । विघटित वार्ता टोलीका संयोजक सुवास नेम्वाङले माधव नेपालसँग आफ्नो र विष्णु पौडेलको कुराकानीका विषयमा जानकारी गराउँदै नेपाल एकताको पक्षमा नरहेको सुनाएका थिए । तर नेपाल पक्षधर वार्ता टोलीका नेताहरुले अन्तिमपटक कुराकानी गर्ने भनेकाले शनिवारको बैठक नेम्वाङको आग्रहपछि स्थगित भएको थियो । शनिवारको बैठकमा उपाध्यक्ष बामदेव गौतम पनि सहभागी थिए । आजको बैठकबाट पार्टी अघि बढ्ने नेताहरुले बताएका छन् ।
माधव नेपाल पक्षधर वार्ताकार नेताहरुलाई पनि बैठकमा सहभागी हुन आग्रह गरिएको छ तर आजै उनीहरु सहभागी हुने सम्भावना छैन । उनीहरुले नेपाल बाहिर बसे अर्को दल बन्ने भएकाले आफूहरुमात्रै सहभागी हुनुको कुनै अर्थ नभएको पनि बताउदै आएका छन् । शनिवार साँझ नेपाल समूहका नेताहरु भीम रावल र सुरेन्द्र पाण्डेले ओलीसँग भेटघाट गरेपनि कुनै परिवर्तन आएको छैन । उनीहरुले नेपाललाई भेटेर संवाद अघि बढाउन आग्रह गरे । तर दुवै नेताहरुले संवाद गर्न चाहिरहेका छैनन । दुवै नेताहरुले संवाद गर्न नचाहेको अवस्थामा दुवै पक्षका नेताहरुको जोड खेर गएको छ ।
आन्तरिक विवादमा रुमलिएको एमालेभित्र दुई नेताका आ–आफ्नै टकरावले पार्टी र संगठन ध्वस्त भएको छ । एमाले–माओवादी एकीकरण र त्यसपछि बनेको नेकपामा अलग–अलग समीकरणले एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको टकराव बढ्दै जाँदा एमालेको पार्टी र संगठन ध्वस्त हुन थालेको हो । ‘उहाँहरुको व्यक्तिगत टकरावका कारण संगठन विस्तार र निर्माण दुवै हुन सकेको छैन, संगठन नभएपछि पार्टी नै ध्वस्त हुने अवस्थामा पुगको छ’, एमालेका एक स्थायी कमिटी सदस्यले भने ।
‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरू मध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । म चाहिँ जान्न । तर, प्रशासनिक र राजनीतिक अधिकारसहितको अध्यक्ष भएर जानुस्,’ उनले साँचो अर्थमा ओली ‘पावर सेयरिङ’का लागि तयार हुन सक्दैनन् मलाई पटक्कै विश्वास छैन’, नेपालले आफू निकटका नेतासँग भनेका छन् ।
सर्वोच्च अदालतले २३ फागुन २०७७ ले एमाले र माओवादी अलग बनाउँदा नेकपा हुँदैको असरले एमाले गम्भीर संकटमा परेको छ । पछिल्लो पटक केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाएर पार्टी एकता गर्ने प्रस्ताव अघि सारेपनि त्यो संभावना कमजोर बन्दै गएको छ । नेपाल पक्षका नेतासमेत दोस्रो अध्यक्ष लिएर जानुपर्नेमा सहमत हुँदै गर्दा नेपालले त्यसलाई अस्वीकार गरेर सचिवालय निर्माण वा झलनाथ खनाललाई दोस्रो अध्यक्षको रुपमा प्रस्ताव गरे । तर ओलीले खनाललाई पनि पत्याएनन ।
पार्टी एकताकै पक्षमा रहने बताउँदै आएका वरिष्ठ नेता नेपालले ओलीको त्यो प्रस्ताव अस्वीकार गर्नुमा धेरै कारण रहेको एमाले नेताहरु बताउँछन् । अहिलेको अवस्थामा ओलीको प्रस्ताव स्वीकार गरेर गएपनि ओलीले नै संगठनमा पकड जमाउने र आफू निकटलाई पेलेर भित्तामा पुर्याउने छन् भन्ने भय नेपाललाई छ । यसबाट ओलीप्रति नेपाल विश्वस्त हुन सकेका छैनन् । अहिले ओलीको प्रस्तावमा मात्र होइन एउटा शब्दमा पनि विश्वास गर्ने अवस्थामा नपुगेपछि पछल्लो पटक पार्टी एकताका जति रटान गरेपनि संवाद हुन नसक्नु यही कारण रहेको हो ।
ओलीको प्रस्तावप्रति विश्वास गर्ने आधार छैन, उनले पदलोलुप देखाउन खोजिरहेका छन भन्ने नेपालको बुझाई रहेको छ । ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरू मध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । म चाहिँ जान्न । तर, प्रशासनिक र राजनीतिक अधिकारसहितको अध्यक्ष भएर जानुस्,’ उनले साँचो अर्थमा ओली ‘पावर सेयरिङ’का लागि तयार हुन सक्दैनन् मलाई पटक्कै विश्वास छैन’, नेपालले आफू निकटका नेतासँग भनेका छन् ।
‘पाँच दलीय गठबन्धनबाट हामीलाई अलग्याएर यो सरकारलाई दिएको समर्थन फिर्ता लिन लगाउने, बजेट असफल बनाएर देउवालाई चुनावमा जान बाध्य बनाउने, चुनावमा जाने भएपछि हामीलाई एमाले भित्र टिकट बाँडफाँडको क्रममा बिचल्ली पारिदिने । यही होइन केपीले चाहेको ?’ उनले भनेका थिए ।
नेपालको बुझाईमा ओली राजनीतिक तिकडममा माहिर छन् । स्वार्थ पूरा गर्न ओली जस्तोसुकै सम्झौता गर्न तयार हुन्छन् । तर, स्वार्थ पूरा गरेपछि वास्तै नगर्ने ओलीको पुरानै बानी हो । चार दशक लामो संगतमा नेपालले ओलीबारे बुझेको यो नै हो । र, दोस्रो अध्यक्षका लागि ओलीको प्रस्ताव पनि ओलीले तत्कालिन स्वार्थ पूरा गर्न अघि सारेका हुन् भन्ने उनको बुझाई रहेको छ । अहिले पार्टी एकताको विषय चलिरहेको भएपनि नेपालले पाँच दलीय गठबन्धन छाडेका छैनन । परिस्थिति मिले छिट्टै सरकारमा सहभागी हुनुपर्छ भन्ने दबाबमा छन् ।
पहिलो चरणमा नेपाल समूहलाई त्यो समूहबाट अलग्याउने ओलीको प्रयास अहिलेको चतुर्याई हुनसक्ने नेपालको बुझाई छ । गठबन्धनबाट अलग्याएर ल्याउन सके पार्टीमा ल्याएर ठेगान लगाउने ओलीको योजना रहेको नेपालको पक्षको विश्लेषण छ । एक साताभर नेपाल पक्षले आफू निकटका नेता कार्यकर्ताहरुसँग गरेको छलफलबाट के स्पष्ट हुन्छ भने ओलीले लोभ्याएको लोभमा नेपाल त्यति चाडै लोभिनेवाला छैनन ।
स्थायी कमिटी सदस्यहरुको बैठकमा नेपालले आफूहरु लोभिन नहुने, बजेट फेल गराएर सरकार असफल बनाउने दिशमा ओली लागेका छन् भनेका थिए । ‘पाँच दलीय गठबन्धनबाट हामीलाई अलग्याएर यो सरकारलाई दिएको समर्थन फिर्ता लिन लगाउने, बजेट असफल बनाएर देउवालाई चुनावमा जान बाध्य बनाउने, चुनावमा जाने भएपछि हामीलाई एमाले भित्र टिकट बाँडफाँडको क्रममा बिचल्ली पारिदिने । यही होइन केपीले चाहेको ?’ उनले भनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार