हीरण्यवर्ण महाविहारभित्रका धार्मिक छाना जीर्णोद्धार गरिने
नेपालबहस संवाददाता
साउन १८, २०७८ सोमबार १६:५८:५
१८ साउन, ललितपुर । पाटन दरबार परिसरबाट उत्तर दिशामा अवस्थित हीरण्यवर्ण महाविहारभित्रका धार्मिक छाना जीर्णोद्धार गरिने भएका छन् । विसं २०७२ को विनाशकारी भूकम्पले विहारभित्रका केही छानाका साथै त्यसको माथिल्लो भागसमेत चर्काएर जीर्ण बनाएकाले सो नयाँ बनाइन लागिएको हो ।
शाक्यमुनि बुद्धको दायाँ भागमा रहेको अमिताप तथा बायाँ रहेको अमोधपास लोकेश्वर र अगाडि रहेको कुलदेवताको नयाँ छानो बनाइनाका साथै विहार पछाडि रहेको सङ्कटाको मन्दिरअर्थात् दिगी छेँमा समेत जमिन सतहबाट काठ ठड्याएर प्रवलीकरण गरी माथिल्लो छानो जीर्णोद्धार गरिने भएको हीरण्यवर्ण महाविहार, विहार सुधार समितिका अध्यक्ष विकासरत्न धाख्वाले बताए । उनले भने, “यस विहारभित्रका धार्मिक छाना फेर्नका लागि गत बिहीबार क्षमा पूजा गरेका थियाैँ ।” भारत सरकारको अनुदानमा नेपाल सरकारअन्तर्गत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रु १८ करोड १६ लाख ७६ हजारमा सो विहारको माथिल्लो भाग तथा छाना नयाँ बनाउने भएको धाख्वाले जानकारी गराए ।
धार्मिक विश्वासअनुसार विहारभित्र रहेका अष्टधातु तथा सबै लक्षणले युक्त मुख्य आकर्षणका रुपमा रहेका शाक्यमुनि बुद्धका पूजा गर्ने मूल तथा सहायक पुजारीले प्राणीको हिंसा, चोरी, बेभिचार, झुटो, सुरपान, मध्यान्हपछि खाना नखाने, नित्य गायन तथा रसरङ्ग नगर्नाका साथै सुविधायुक्त पलङ्गमा समेत नसुति अष्टशिलको नियम पालन गर्नुपर्ने भएकाले १२ वर्ष उमेर समूहसम्मका बालकले बुद्धको सेवा गर्ने नियम रहेको बताइएको छ ।
बालकको मन स्वच्छ अनि सफा हुने भएकाले विहारभित्र रहनेले दिनमा एक पटक चोखो खाई पवित्र बस्त्र धारण गरी भिक्षु भएर सबैसँग इमान्दार अनि मित्रवत् व्यवहार गरेर मर्यादामा बसी अष्टशिलको सिद्धान्त पालन गर्नेगरेका धाख्वाको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार