आज सरकारको साँझा नीति तथा कार्यक्रम आउने, बिहीवारसम्म मन्त्रिमण्डल विस्तार हुने
नेपालबहस संवाददाता
साउन १९, २०७८ मंगलबार १७:२३:३७
१९ साउन, काठमाडौं । केपी ओलीलाई विस्थापित गरि खडा भएको शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारले बिहीवारसम्म पूर्ण आकारको मन्त्रिमण्डल बनाउने भएको छ ।
हिजो बसेको सत्ता गठबन्धन दलको बैठकले मन्त्रिमण्डललाई पूर्णता दिने आन्तरिक सहमतिसहित आज पाँच दलको साँझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिने भएको हो । सत्ता गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी (जसपा) को फेस सेभिङका लागि संविधान संशोधनको प्रतिबद्धतासमेत सरकारको न्यूनतम साँझा कार्यक्रममा समावेश हुने भएको छ ।
वर्तमान मन्त्रिमण्डल विस्तारमा ढिलाई हुँदै गर्दा यसको चौतर्फी आलोचना शुरु भैसकेको छ । यसो हुनुको एउटा मूलकारण माधव नेपाल समूहलाई पर्खिएको भनिएपनि यो बाहिर देखाउने कारण मात्र हो ।
भित्री मनसुवा भनेको सबै सरकारी नियुक्तिसम्बन्धी भागबन्डा अनि नेपाली कांग्रेस पार्टीको महाधिवेशनपछि कांग्रेसले गृहमन्त्री माओवादीलाई दिएर अर्थमन्त्री लिने र आवश्यक परे आलोपालो गर्ने जस्ता गोप्य र भित्री सहमति नै भएको दावी एक कांग्रेस नेताले गरेका छन् ।
आज संयुक्त सरकारको साँझा न्यूनतम कार्यक्रम गठबन्धन कार्यदलले तयार पारेको छ । त्यसलाई आज सार्वजनिक गरेपछि बिहिवारसम्म विस्तारित मन्त्रीमण्डल आउने भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार