लुम्बिनी प्रदेशसभा सदस्य विमला फेरि माओवादीमै
नेपालबहस संवाददाता
साउन २०, २०७८ बुधबार २०:१३:१९
२० साउन, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वली फेरि माओवादी केन्द्रमै फर्किएकी छन् । एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी छन् ।
माओवादी संसदीय दलका एक सदस्यका अनुसार उनी आफैं पार्टीको सम्पर्कमा आएकी हुन् । विमलाले आफूलाई मुख्यमन्त्री कार्यालयमै राखिएको छ । विमलाले केही घण्टा आराम गरेर आज दिउँसो नै पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सार्वजनिक गर्ने तयारी गरेकी छिन ।
आफ्ना पति उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि दाङ ३ ‘ख’ मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेको घोषणा गरेकी थिइन् । उनी प्रदेश सभामा विपक्षी बेन्चमै बस्दै आएकी थिइन् । प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि उनी गत शनिबारदेखि माओवादी केन्द्रसँग सम्पर्कविहीन भएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
एनपीएलः सुदुरपश्चिम र विराटनगरबीचमा प्रतिस्पर्धा हुने
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार
आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
मंसिर १८, २०८१ मंगलबार