विभाग चलाउन नसक्नेको हातमा अस्पतालको चावी, सुध्रेला त नारायणी अस्पताल ?
नेपालबहस संवाददाता
साउन २०, २०७८ बिहिबार ०:४८:४
२० साउन, बीरगञ्ज । बीरगञ्जको नारायणी अस्पतालमा उपचारका लागि आउने बिरामी ल्याब टेष्टका लागि चर्को शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन् । पहिले पहिले अस्पतालमै हुने गरेको ल्याब टेष्ट गएको २ सातादेखि बन्द छ । तर अस्पताल प्रशासनले भने ल्याब पुनःसंचालनमा ल्याउन कुनै चासो नै देखाएको छैन ।
बाराको तेलकुवाबाट उपचारका लागि नारायणी अस्पताल आएका रामएकवाल गिरी पहिले अस्पतालमै ल्याब टेष्ट हुँदा सहज र थोरै खर्चमै हुने गरेको सम्झन्छन् । “तर अहिले आउँदा यहाँ टेष्ट हुन सकेन, उनी भन्छन्, निजी क्लिनिकमा गएर टेष्ट गराउँदा यहाँको भन्दा तीन गुणा बढी खर्च भयो । ”
यो गिरी एक्लैले भोगेको समस्या होइन । यो त अहिले नारायणी अस्पतालमा उपचारका लागि पुग्ने अधिकांशले भोगिरहनु परेको समस्या हो ।
कल्चरको परीक्षण पुनः हुन थालेको भए पनि रगत, सुगर तथा अन्य परीक्षणहरु अहिले बन्द छन् ।
ल्याबमा कल्चर परीक्षण अहिले पनि भईरहेको भन्दै ल्याब ईन्चार्ज आशिष पौडेलले अन्य जानकारी भने अस्पताल प्रशासनबाट लिन भन्दै पन्छिन खोजे । अस्पतालको ल्याबमा अहिले कल्चरको परीक्षण भइरहेको छ, उनी भन्छन्, “त्यो बाहेक अन्य जानकारी अस्पतालका प्रवक्ताबाट लिनुहोला ।”
यो समस्या समाधानका लागि अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड डा.वीरेन्द्र प्रधानले पनि अहिलेसम्म कुनै चासो नै देखाएका छैनन् । ल्याब टेष्ट अस्पतालका लागि आम्दानीको स्रोत पनि हो । तर आम्दानीका लागि संचालन गर्नुपर्ने ल्याब संचालन नगर्दा अस्पतालले चिकित्सक तथा कर्मचारीलाई तलब दिन धौ धौ परेको छ ।
अहिलेका निमित्त मेसु डा.वीरेन्द्र बहादुर प्रधान मुटु रोग विशेषज्ञ पनि हुन् । यस अघि कार्डियोलोजी विभाग उनैले नेतृत्व गरिरहेका थिए ।
उनी नै नेतृत्वमा रहँदा मुटु सम्बन्धी जाँच गर्ने इको कार्डियोग्राफी मेसिन विभागले पाएको थियो । तर त्यो मेसिनबाट एकजनाको पनि जाँच नगरी अहिलेसम्म पनि यसै थन्क्याइएको छ ।
कार्डियोलोजी विभागले सामान्य ईसीजी बाहेक अरु परीक्षण गर्न सक्दैन । “विभागलाई जतिसक्दो व्यवस्थित बनाउँदै लैजानु पर्ने थियो तर डा. प्रधानको ढुलमुले नेतृत्वका कारण विभाग पछाडी पर्यो”अस्पतालका एक कर्मचारी भन्छन्, यसैबाट पनि डा.प्रधानको नेतृत्व गर्ने क्षमता कति रहेछ भन्ने दर्साउँछ ।
यता अहिले निमित्त मेसु बनेका डा.प्रधान भने आफूले विभागलाई व्यवस्थित बनाउन सकेको काम गरेको भन्न पछि पर्दैनन् । अहिले अस्पताल संचालनको जिम्मेवारी लिएका उनका अगाडी विगतमा आफैँले नेतृत्व गरेको विभाग सुर्धाने चुनौति त छ नै समग्र अस्पताल व्यवस्थित बनाउँदै अघि बढ्नु पर्ने दायित्व पनि छ । तर प्रधानको विगत हेरेकाहरु भने उनको पालामा अस्पताल झन अव्यवस्थित बन्दै जाने त होइन भन्ने प्रश्न गर्छन् ।
अहिलेसम्मको अवधिमा अक्सिजन प्लान्ट स्थापनाको काम सकेर कोभिडको तेस्रो लहरसँग जुध्न आवश्यक तयारी भएर बस्न पर्ने थियो तर यसमा समेत उनी चुकेका छन् । तर प्रधान भने एउटा अक्सिजन प्लान्टको काम सकिने क्रममा रहेको र अर्को प्लान्ट चाडै बन्ने क्रममा रहेको भन्न छुटाउँदैनन् ।
र याे पनि….
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार