मुख्यमन्त्री पोखरेलद्वारा जिपी कोइराला अस्पताल निरीक्षण
नेपालबहस संवाददाता
साउन २२, २०७८ शुक्रबार १९:३५:५०
२२ साउन, दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आज निरीक्षण गरेको छ । पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको उक्त अस्पतालको आज मुख्यमन्त्री पोखरेलले निरीक्षण गरेको हो ।
सो क्रममा मुख्यमन्त्री पोखरेलले अस्पतालले प्रवाह गर्दै आएको सेवाका बारेमा जानकारी लिएको छ । अस्पताल संघीय सरकार मातहत रहे पनि गण्डकी प्रदेश सरकारका तर्फबाट आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे ।
निरीक्षणका क्रममा प्रदेशसभा सदस्य डोबाटे विक, सरिता गुरुङ, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, नगर प्रमुख किसान गुरुङ, प्रमुख जिल्ला अधिकारी सागर आचार्यलगायत सहभागी थियाे ।
सो क्रममा मुख्यमन्त्री पोखरेललाई अस्पतालका सञ्चालक एवं चिकित्सकले अस्पतालले प्रवाह गर्दै आएको सेवाका बारेमा जानकारी गराएको थियो । दक्षिण एशियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न सरकारले केही वर्षअघि पूर्वप्रधानमन्त्री स्व कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार सो नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।
अस्पतालमा तीन विशेषज्ञ चिकित्सक र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नसारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान भइरहेको छ । त्यसबाहेक अस्पतालले केही दिन अगाडिबाट मात्र कल्चर सेवा पनि शुरु गरेको छ । अस्पतालले १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबिसैँ घण्टा इमर्जेन्सी सेवा, ल्याव, भिडियो एक्सरे सेवा, माइनर अप्रेशन लगायत सेवा दिइरहेको छ ।
अस्पतालले कोरोना सङ्क्रमितको पनि उपचार गरिरहेको छ । कोरोना सङ्क्रमितको उपचारका लागि दशवटै स्थानीय तहको लागत साझेदारीमा आइसोलेसन केन्द्र निर्माण गरिएको छ । आइसोलेसन केन्द्रमा अक्सिजनसहितको व्यवस्था मिलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
मुस्ताङका सीडीओ बस्ने आवासगृहमा आगलागी
माघ ३, २०८१ बिहिबार
भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या, यस्तो रहेछ कारण
माघ ३, २०८१ बिहिबार
बुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
शुक्रबारदेखि मौसममा सुधार हुने
माघ ३, २०८१ बिहिबार