वन्यजन्तुका आखेटोपहारसहित महिला पक्राउ
नेपालबहस संवाददाता
साउन २२, २०७८ शुक्रबार १९:४६:४६
२२ साउन, काठमाडौं । संरक्षित वन्यजन्तुका आखेटोपहारसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान र नियन्त्रणका लागि खटिएको टोलीले काठमाडौंको नागार्जुन बस्ने ४५ वर्षीया माइली पुतुवारलाई पक्राउ गरेको हो ।
संरक्षित वन्यजन्तु अवैधरुपमा ओसारपसार गरी बेचबिखन गर्ने उद्देश्यले लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाका आधारमा खोजीका लागि गएको टोलीले यहाँस्थित रातमाटेबाट उनलाई पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।
उनका अनुसार लुकाइ राखेको अवस्थामा संरक्षित वन्यजन्तु जरायोका सिङ दुई थान र सालकको खपटा पनि बरामद गरिएको छ । उनलाई आवश्यक कानूनी कारवाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बुझाइएको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ । कसुर प्रमाणित भए उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारवाही हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
वीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार
वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका रविसहित ७ आरोपीलाई अदालत लगियो
पुष २५, २०८१ बिहिबार
आर्थिक कुटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
आन्ध्र प्रदेश स्थित एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार