व्यास नपाद्वारा विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा
नेपालबहस संवाददाता
साउन २५, २०७८ सोमबार १२:५४:११
२५ साउन, दमौली । सत्ताइसौँ विश्व आदिवासी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको यही साउन २२ गते बसेको कार्यपालिका बैठकले आज आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सार्वजनिक बिदाका अवसरमा नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था ९अत्यावश्यक सेवाबाहेक० बन्द रहने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । साथै कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य भने सञ्चालन रहने नगरपालिकाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहले विशेष दिनमा सार्वजनिक बिदाको घोषणा गर्दै आएका छन् । जिल्लाका स्थानीय तहले व्यास जयन्ती, शहीद दिवस, भानुजयन्ती, मगर दिवस, एकादशी पर्वमा सार्वजनिक बिदा दिँदै आएका छन् ।
२६ दिन कैद तोकिएका प्रतिवादी पक्राउ
जिल्ला अदालतबाट कैद फैसला भएर फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । लागुऔषध मुद्दामा फरार आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट बस्ने २६ वर्षीय आशिष रामदामलाई प्रहरीले पक्राउ गरेको हो ।
तनहुँ जिल्ला अदालतले निजलाई विसं २०७६ साउन १ गते २६ दिन कैद र रु दुई हजार २०० जरिवानाको फैसला सुनाएको थियो । निजलाई आवश्यक कारवाहीका लागि अदालत दाखिला गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
देशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार
रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
बुधबार दहि खाएर यात्रामा निस्कदा शुभ फल प्राप्त हुने
माघ १६, २०८१ बुधबार