प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट बिदामा बस्ने
नेपालबहस संवाददाता
साउन २५, २०७८ सोमबार १७:१४:१७
२५ साउन, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबारबाट बिदामा बस्ने भएका छन्। भदौ २४ गते अवकाश पाउन लागेका थापा नेपाली सेनाको परम्पराअनुसार अवकास हुनुभन्दा एक महिना अघि नै बिदामा बस्न लागेका हुन्।
थापा बिदामा बस्ने भएपछि कायममुकायम प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्माले पाउनेछन्। सरकारको सिफारिसमा राष्ट्रपतिले बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा नियुक्त गरिसकेकी छन्।
उनले आगामी २४ भदौबाट अनिवार्य अवकाश पाउँदै छन् । अवकाश हुनुभन्दा महिना दिनअघि नै सेनामा घर बिदामा बस्ने चलन छ । थापा २४ भदौ ०७५ मा प्रधानसेनापति नियुक्त भएका थिए । प्रधानसेनापतिको तीनवर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा जाने थापा ०३६ मा सैनिक संगठन प्रवेश गरेका थिए ।
१२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । सोही सिफारिसलाई राष्ट्रपति भण्डारीले सदर गर्ने निर्णय गरेकी हुन् । शर्मा हाल सेनाको बलाधिकृत छन् । सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ अनुसार शर्माले सेनाको भावी प्रधानसेनापतिका रूपमा अघि सार्दै कायममुकायमको भूमिकामा सिफारिस गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार