सशस्त्र प्रहरीको सेटिङमा रातभरी भैसी, राँगा र कुखुराको चल्ला तस्करी
नेपालबहस संवाददाता
साउन २५, २०७८ सोमबार १७:३९:५०
२५ बीरगञ्ज । सशस्त्र प्रहरी बल बीओपी प्रसौनी र अमरपर्टीको मिलोमतोमा भैसी , रागा र कुखुराको चल्ला व्यापक रुपमा तस्करी शुरु भएको समाचार प्राप्त भएको छ।
विश्वब्यापी रुपले बढदै गएको कोभिड १९ नियन्त्रणको लागि सरकारले बीरगञ्ज भन्सार बाहेक अन्य नाका सिल गरि पुर्णरुपले आवतजावतमा रोक लगाएपनि सीमा नाकामा खटिएको सशस्त्र प्रहरीको मिलोमतोमा पर्साको ग्रामीण भेगका प्रसौनी र अमरपर्टी नाकाबाट भैंसी र कुखुरा चल्लाको तस्करी भईरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सीमा नाकाको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीका जवानहरुले नाकामा अग्रपंतिमा डियुटी खटिरहे पनि केही हाकिमहरु पैसाको प्रलोभनमा परि आफ्नो जिम्मेवारीबाट पन्छिएको कारणले गर्दा प्रसौनी र अमरपर्टी नाकाबाट भैसी , रागा , कुखुराको चल्ला , हार्डयेवर , लत्ताकपडा लगायतका सामानहरुको व्यापक रुपमा तस्करी भईरहेको हो ।
प्रसौनी र अमरपर्टी नाका भई ६ वटा साईकलमा लोड गरि भित्र्याएको ३८४० गोटा कुखुराको चल्ला सशस्त्र प्रहरी नायव उपरीक्षक निर्मल थापाको कमाण्डमा खटिएको टोलीले बीरगञ्ज महानगरपालिका वडा नम्वर १९ बार्वा टोलबाट बरामद गरि नष्ट गरेको छ । यसले प्रमाणित हुन्छ कि यी नाकाहरुबाट व्यापक रुपमा रातभरी तस्करी भईरहेको छ।
यी नाकाहरुमा नेपालबाट भारतमा केराउ, पेस्ट, छोकडा , कबाड सामान र भारतबाट नेपालतर्फ भैसी , रागा, कपडा , कुखुराको चल्ला लगायतका सामानहरु अवैध रुपले भित्र्याएको कारणले लाखौं रुपैयाँको भन्सार छली भईरहेको छ । यस्ता गतिविधितर्फ सम्बन्धित निकायको ध्यान जान अति आवश्यक देखिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार