मेगा बैंकमा बचत खाता खोल्दा निःशुल्क सिमकार्डसहितको आकर्षक सुविधा
नेपालबहस संवाददाता
साउन २५, २०७८ सोमबार २१:४७:५५
२५ साउन, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकहरुले आकर्षक विशेषताहरु समावेश गरिएको एनसेलको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्ने भएका छन् ।
“शुन्य मोज्दात” मा नै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकहरुले एनसेलद्वारा मेगा बैंकका लागि कस्टमाइज्ड गरिएको सुविधाहरुसहितको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।
बचत खाता खोली बचतको फाइदासँगै थप आकर्षक सुविधाहरु दिन तथा साथीभाइ र आफन्तसँगको सम्बन्ध थप प्रगाढ बनोस् भन्ने उद्देश्यले मेगा बैंकले ग्राहकहरुलाई यो अफर ल्याएको जनाएको छ । मेगा बैंक र एनसेलको यो सहकार्यका लागि बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ् बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
प्रिलोडेड रुपमा रहेको ५०० एमबी डाटा (इन्टरनेट), ५० मिनेट टक टाइम तथा ५० एसएमएस प्याकेज भएको एनसेलको सिमकार्ड नयाँ खाता खोल्ने ग्राहकहरुका साथसाथै यो निक्षेप योजना अन्तर्गत मेगा स्मार्ट मोबाइल बैंकिङ सुविधा उपभोग गर्नुहुने ग्राहकहरुलाई निःशुल्क उपलब्ध गराइने मेगा बैंकले जनाएको छ ।
साथै, यसरी पाइने सिम कार्डबाट बैंकको मेगा स्मार्ट मोबाइल बैंकिङ र मेगा अनलाइन बैंकिङको प्रयोग गर्न अनलिमिटेड इन्टरनेट सुविधा निःशुल्क उपलब्ध हुनेछ । यस ‘मेगा लोकप्रिय बचत खाता’ खोल्नासाथ ग्राहकहरुले प्राप्त गर्ने उक्त सिम कार्डमा मासिक एक सय रुपैंया मात्र रिचार्ज गर्नासाथ सम्पूर्ण प्याकेजसहितको सेवाको निरन्तरता हुनेछ ।
यो सेवाको उपभोगसंगै आम ग्राहकबर्गहरुले कम लागतमा सञ्चार प्रविधिमा पँहुच, बचतमा प्रोत्साहन एवं डिजिटल प्रविधिमा आधारित बैंकिङ्ग सेवाको विस्तारमा समेत योगदान रहने मेगा बैंकको विश्वास रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार